
गण्डकी, ११ मङ्सिरः नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने सहमति सकारात्मक रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, कास्कीद्वारा यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले त्यससम्बन्धी प्राविधिक विषयलाई छिटो टुङ्ग्याएर उक्त हवाई प्रवेशमार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन सरकारले तदारुकता देखाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीबाट भारतको भ्रमणका क्रममा भएका सहमति÷समझदारी कार्यान्वयन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसैबीच, महासचिव पोखरेलले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा विचार मिल्ने दलसँग पार्टीले तालमेल गरी अगाडि बढ्ने बताउनुभयो ।
“कुन दलसँग तालमेल गर्ने कुरा टुङ्गिएको छैन, तर निवार्चनमा विचार मिल्ने दलहरुबीच मिलेर जाने विषयमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो । महासचिव पोखरेलले एमालेलाई थप एकताबद्ध र सुदृढ गर्दै आगामी निर्वाचनमा जाने बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |