
रूपन्देही, ११ मङ्सिरः मौलिक खानाका परिकार, कला तथा संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले बुटवलमा आजदेखि खाना महोत्सव हुने भएको छ ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको आयोजनामा बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित रङ्गशालामा सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो । महोत्सवमा थारू, नेवारी, मगर, थकालीलगायत विभिन्न जातजातिका मौलिक खानाका ६० वटा स्टल रहने महोत्सव संयोजक एवं सङ्घका अध्यक्ष माधवकुमार खनालले जानकारी दिनुभयो ।
नेपाली मौलिक खानाको स्वादसँगै विभिन्न समुदायको कला, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवमा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको र खाद्य स्वच्छता तथा सरसफाइमा विशेष ध्यान दिइने उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा करिब दुई लाख दर्शक सहभागी हुने तथा रु एक करोड ५० लाखबराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।
सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले खाना महोत्सव बुटवलको पहिचान र पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा स्थापित हुँदै गएको बताउनुभयो । उहाँका अनुसार महोत्सव हरेक दिन अपराह्न ४ः०० देखि राति १०ः०० बजेसम्म सञ्चालन हुनेछ ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गर्ने कार्यक्रम छ । उद्घाटनअघि बुटवलका विभिन्न स्थानबाट झाँकीसहितको ¥याली महोत्सवस्थल पुग्नेछ । बुटवलमा २०७५ सालदेखि निरन्तर सडक खाना महोत्सव आयोजना हुँदै आएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |