Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी

पोखरा अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्वको मुख्य स्रोत भारतीय नम्बर प्लेटका सवारीसाधनको अस्थायी पैठारी अवधि थप गर्दा प्राप्त हुने शुल्क बनेको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ११, शुक्रबार (१ दिन अघि)
Post Thumbnail

कास्की, ११ मङ्सिर: पोखरा अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्वको मुख्य स्रोत भारतीय नम्बर प्लेटका सवारीसाधनको अस्थायी पैठारी अवधि थप गर्दा प्राप्त हुने शुल्क बनेको छ ।

विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सुरु भए पनि कार्गो सेवा सञ्चालनमा नआएकाले त्यसबाट भन्सार राजस्व प्राप्त हुनसकेको छैन । यस्तो अवस्थामा नेपालमा अस्थायी पैठारी अनुमति लिएर आएका भारतीय सवारीसाधनको म्याद थपबापत प्राप्त हुने शुल्क नै कार्यालयको प्रमुख आम्दानी बनेको हो ।

कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा रु १६ लाख ४७ हजार २३१ राजस्व सङ्कलन गरेको छ । उक्त राजस्वको अधिकांश हिस्सा भारतीय सवारीसाधनको अस्थायी पैठारी अवधि थप गर्दा प्राप्त भएको कार्यालयले जनाएको छ ।

विमानस्थल भन्सार कार्यालयका लेखा प्रमुख डिल्लीराम सुवेदीका अनुसार भारतबाट नेपाल आउने सवारीसाधनले निश्चित अवधिसम्म नेपालमा सञ्चालन गर्न भन्सार कार्यालयबाट अस्थायी पैठारी अनुमति लिनुपर्ने व्यवस्था छ । अनुमति अवधिपछि नेपालमा बस्ने समय थप गर्दा तोकिएअनुसार दैनिक महसुल बुझाउनुपर्छ । भारतबाट अस्थायी पैठारीमा आएका कार, जिप, बस तथा भ्यानको म्याद थप गर्दा दैनिक रु ६०० र मोटरसाइकल तथा स्कुटरको दैनिक रु २०० महसुल लाग्ने सुवेदीले बताउनुभयो ।

कार्यालयले साउनमा रु तीन लाख १७ हजार, भदौमा रु एक लाख ५३ हजार, असोजमा रु छ लाख ९७ हजार २८ र कात्तिकमा रु चार लाख ८० हजार २०३ राजस्व सङ्कलन गरेको छ ।

पोखरा तथा आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने भारतीय पर्यटकले प्रयोग गर्ने सवारीसाधनको अस्थायी पैठारीबाट प्राप्त हुने शुल्कले कार्यालयको राजस्वमा मुख्य योगदान पुर्‍याएको छ । लेखा प्रमुख सुवेदीले भारतीय नम्बर प्लेटका सवारीसाधनको अस्थायी पैठारीबापत प्राप्त हुने महसुल नै कार्यालयको मुख्य राजस्व स्रोत रहेको बताउँदै विमानस्थलमा कार्गो सेवा सुरु भएपछि अन्तरराष्ट्रिय उडानबाट समेत भन्सार राजस्व प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गत असोज ७ गतेदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई मार्गमा नियमित सिधा उडान सञ्चालन गर्दै आएको छ । तर, कार्गो सेवा सुरु नभएकाले अन्तरराष्ट्रिय उडानबाट हालसम्म भन्सार राजस्व प्राप्त हुन नसकेको कार्यालयले जनाएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको २०७९ साल पुस १७ गते उद्घाटन गरिएको थियो । विमानस्थल भन्सार कार्यालय भने सोही महिनाको अन्तिम सातादेखि सञ्चालनमा आएको हो ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

  • Post Thumbnail

    नागरिकमैत्री सेवा प्रदान गर्न प्रहरी महानिरीक्षक डा केसीको निर्देशन

  • Post Thumbnail

    मन्त्री पोखरेलद्वारा एनएफएललाई शुभकामना

  • Post Thumbnail

    नेपालसँगको सहकार्य थप विस्तार गर्न यूएई इच्छुक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पुरा

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

    Post Thumbnail

    तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

    Post Thumbnail

    सुरक्षण मुद्रण केन्द्रमा नियमित ‘लाइसेन्स’ छापिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution