Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काभ्रेपलान्चोक

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवासम्बन्धी जनगुनासा शीघ्र सम्बोधन गरी सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिनुभएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

काभ्रेपलान्चोक, ९ मङ्सिरः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सेवासम्बन्धी जनगुनासा शीघ्र सम्बोधन गरी सेवाको गुणस्तर सुधार गर्न निर्देशन दिनुभएको छ ।

दूरसञ्चार कार्यालय बनेपाको आज निरीक्षणका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले सेवाग्राहीका समस्या समाधानलाई प्राथमिकतामा राखेर नतिजामुखी ढङ्गले काम गर्न कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

उहाँले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी उपभोक्ताका गुनासालाई तत्काल सम्बोधन गर्न र समाधान नभएका विषयमा निरन्तर पहल तथा ‘फलोअप’ गर्न निर्देशन दिनुभयो । नागरिकका गुनासा सरकारको प्राथमिकताको विषय भएकाले समाधानका लागि निश्चित समयसीमा तोकेर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

“संस्था बलियो भए मात्र त्यसबाट नागरिकले लाभ लिन सक्छन् । नेपाल टेलिकमको सेवा गुणस्तरका विषयमा उपभोक्ताले गुनासो गर्ने अवस्थाको अन्त्य हुनुपर्छ,” उहाँले भन्नुभयो, “सेवा सुधारका नाममा नागरिकलाई थप आर्थिक तथा प्रशासनिक दायित्व थोपर्नु हुँदैन ।”

सञ्चारमन्त्री डा तिमिल्सिनाले देशभर नेटवर्क विस्तार भइरहे पनि विभिन्न स्थानमा सेवा अवरुद्ध हुने, फोन नलाग्ने र इन्टरनेट नचल्ने समस्या कायमै रहेको उल्लेख गर्दै सेवा प्रवाहलाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिनुभयो ।

ग्राहक सङ्ख्या र सेवाको माग बढ्दै गएको अवस्थामा टावरको क्षमता विस्तार गर्न तथा नेटवर्क सुधारका लागि आवश्यक स्रोतसाधनको अभाव हुन नदिन टेलिकमलाई निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो । सेवा सुधारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग रहने उहाँको भनाइ थियो ।

नेपाल टेलिकमले हाल देशभर करिब पाँच हजार टावरमार्फत सेवा प्रदान गर्दै आएको छ । सेवा गुणस्तर सुधार र पहुँच विस्तारका लागि चालु आर्थिक वर्षमा थप एक हजार ६०० टावर स्थापना गर्ने गरी खरिद प्रक्रिया अघि बढाइएको छ ।

निरीक्षणका क्रममा दूरसञ्चार कार्यालय बनेपाका प्रमुख दिलीप ज्ञवालीले काभ्रेपलाञ्चोकमा करिब ३०० ग्राहकलाई राउटर उपलब्ध गराउन नसकिएको जानकारी दिनुभयो । फाइबर इन्टरनेटका ग्राहक बढ्दै गए पनि नयाँ राउटरको अभावमा नयाँ ग्राहकलाई उपकरण उपलब्ध गराउन समस्या भएको उहाँले बताउनुभयो ।

“नयाँ राउटर उपलब्ध छैनन् । पुराना राउटर मर्मतसम्भार गरेर सञ्चालन गरिरहेका छौँ । नेपाल टेलिकमको फाइबर इन्टरनेट लिने ग्राहकको सङ्ख्या बढिरहेको छ, तर नयाँ ग्राहकलाई राउटर उपलब्ध गराउन सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो ।

कार्यालय प्रमुख ज्ञवालीले जिल्लाका विभिन्न स्थानमा सडक विस्तार तथा नेपाल विद्युत् प्राधिकरणका पोल सार्ने क्रममा नेपाल टेलिकमको ‘फाइबर टू द होम (एफटिटिएच)’ सेवाका केबलमा क्षति पुग्दा नेटवर्क सञ्चालनमा समस्या हुने गरेको जानकारी दिनुभयो । यस्ता संरचनागत कामका क्रममा टेलिकमको सञ्जालमा क्षति पुग्ने गरेको र सेवा नियमित बनाउन थप स्रोतसाधन आवश्यक रहेको उहाँले बताउनुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले स्थानीयस्तरमा देखिएका यस्ता प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधानका लागि पहल गर्न र उपभोक्ताले गुणस्तरीय दूरसञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिनुभयो ।

  • काभ्रेपलाञ्चोक
  • काभ्रेपलान्चोक
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

    म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

  • युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री

    युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँः श्रममन्त्री

  • सङ्खुवासभाका छ उद्यमी सम्मानित

    सङ्खुवासभाका छ उद्यमी सम्मानित

  • Post Thumbnail

    संरक्षणविहीन बालबालिकाको वर्गीकरण र तथ्याङ्क सङ्कलन हुँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आठ क्रिकेट एकेडेमीबीच लिग

    Post Thumbnail

    सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

    Post Thumbnail

    जेनजी आन्दोलनका घाइते शान्तनुको उपचार र पुनःस्थापनामा सरकारको चासो

    Post Thumbnail

    झापा महिला गोल्डकपः एपिएफ फाइनलमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution