
काठमाडौँ, ९ मङ्सिरः जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको उपचार तथा पुनःस्थापनाबारे जानकारी लिन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी तथा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ ।
मन्त्रीहरूले अस्पतालमा उपचाररत ढकालको स्वास्थ्य अवस्था, उपचारको प्रगति र आगामी उपचारका आवश्यकताबारे जानकारी लिनुभएको थियो । उहाँहरूले शान्तनुका बुबासँग भेटी उपचारका क्रममा परिवारले भोग्नुपरेका समस्या र आवश्यकताबारे समेत जानकारी लिनुभएको थियो । सो अवसरमा मन्त्री बादीले शान्तनुको उपचारसँगै उपचारपछिको पुनःस्थापना र परिवारको भविष्यलाई समेत सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले परिवारको रोजगारी, शिक्षाको निरन्तरता र अन्य आधारभूत आवश्यकताका विषयमा मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री मेहताले उपचारका क्रममा आवश्यक पर्न सक्ने थप शल्यक्रिया र अन्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य मन्त्रालयले सहयोग तथा समन्वय गर्ने बताउनुभयो ।
मन्त्रीद्वयले शान्तनुको उपचारपछि सम्मानजनक जीवनयापन र सामाजिक पुनःस्थापनाका लागि पनि सम्बन्धित निकायबीच समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |