
काठमाडौँ, ९ मङ्सिरः भुटानमा आयोजना हुने पाँच राष्ट्र सम्मिलित गेलेफु टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल ‘ए’ टोली घोषणा गरेको छ ।
यही मङ्सिर १८ देखि २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा क्यानले आज सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाल ‘ए’ टोलीमा सन्तोषसहित विवेककुमार यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्तीमगर, दीपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभिषेक तिवारी, विशाल सुश्लिङ, अभिषेक पाल र इमरान शेख रहेका छन् ।
भुटान क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगितामा नेपालसँगै घरेलु टोली भुटान, बहराइन, थाइल्याण्ड र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका सबै खेल भुटानको गेलेफुस्थित अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |