Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

दक्षिण एसियाली आइटीएफ तेक्वान्दोमा तनहुँलाई १९ पदक

काठमाडौँमा सम्पन्न आठौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा तनहुँको भिमादका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन् ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार (१८ मिनेट अघि)
Post Thumbnail

दमौली (तनहुँ), ९ मङ्सिरः काठमाडौँमा सम्पन्न आठौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा तनहुँको भिमादका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन् ।

भारत, बङ्गलादेश, अफगानिस्तान र इथियोपियाका खेलाडी सहभागी उक्त प्रतियोगितामा भिमादका खेलाडीहरूले सात स्वर्ण, पाँच रजत र सात कास्य गरी कुल १९ पदक जितेको गण्डकी प्रदेश तेक्वान्दो सङ्घका उपाध्यक्ष आकाशचन्द्र घर्ती मगरले जानकारी दिए । प्रतियोगितामा करिब ७५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा भिमादका विवेक विक, विविका रोका, जेनिशा गुरुङ, मनिषा केसी, कमल थापा, गौरव थापा, मेलिशा थापा, आरजु थापा, एलिना थापा, आर्यन कुमाल, अन्चु देवी सेन ठकुरी, मनिष विक र आयुष गुरुङले विभिन्न विधामा पदक जितेका थिए ।

विवेक विकले १२–१३ वर्ष उमेर समूहको ३५ किलो स्पाइरिङमा स्वर्ण, पुरुष ग्रुप स्पर्धामा रजत र नीलो बेल्ट एकल स्पर्धामा कास्य पदक जिते । विविका रोकाले १६–१७ वर्ष उमेर समूहको ४० किलो स्पाइरिङ र महिला ग्रुप स्पर्धामा स्वर्ण तथा रातो बेल्ट एकल स्पर्धामा कास्य पदक जिते ।

जेनिशा गुरुङले महिला ग्रुप स्पर्धामा स्वर्ण र १६–१७ वर्ष उमेर समूहको ५८ किलो स्पाइरिङमा रजत पदक, मनिषा केसीले सिनियर रातो बेल्ट स्पर्धामा, महिला ग्रुप स्पर्धामा र महिला सेल्फ डिफेन्समा स्वर्ण तथा १८–३४ वर्ष उमेर समूहको ४९ किलो स्पाइरिङमा रजत पदक प्राप्त गरिन् ।

कमल थापाले १२–१३ वर्ष उमेर समूहको ४५ किलो स्पाइरिङमा स्वर्ण र पुरुष ग्रुप स्पर्धामा रजत पदक, गौरव थापाले १६–१७ वर्ष उमेर समूहको हरियो बेल्ट स्पर्धामा स्वर्ण, जुनियर पुरुष ग्रुप स्पर्धामा रजत र ४५ किलो स्पाइरिङमा कास्य पदक जिते ।

यस्तै मेलिशा थापाले महिला ग्रुप स्पर्धामा स्वर्ण र १६–१७ वर्ष उमेर समूहको रातो बेल्ट स्पर्धामा कास्य पदक जितिन । आरजु थापाले १५–१६ वर्ष उमेर समूहको हरियो बेल्ट र जुनियर महिला ग्रुप स्पर्धामा स्वर्ण तथा ४५ किलो स्पाइरिङमा कास्य पदक प्राप्त गरिन । एलिना थापाले १६–१७ वर्ष उमेर समूहको ४० किलो स्पाइरिङमा रजत, आर्यन कुमालले जुनियर पुरुष ग्रुप स्पर्धामा रजत र १६–१७ वर्ष उमेर समूहको ५५ किलो नीलो बेल्ट स्पर्धामा कास्य पदक हासिल गरिन ।

त्यसैगरी अन्चु देवी सेन ठकुरीले १२–१३ वर्ष उमेर समूहको हरियो बेल्ट स्पर्धामा रजत, मनिष विकले १०–११ वर्ष उमेर समूहको २५ किलो स्पाइरिङमा कास्य तथा आयुष गुरुङले जुनियर पुरुष ग्रुप स्पर्धामा रजत र १२–१३ वर्ष उमेर समूहको हरियो बेल्ट स्पर्धामा कास्य पदक जितिन ।

समूहगत स्पर्धामा पनि भिमादका खेलाडीहरूले सफलता हासिल गरेका छन् । विविका रोका, जेनिशा गुरुङ, मनिषा केसी, मेलिशा थापा र आरजु थापाको महिला टोलीले स्वर्ण पदक जिते । विवेक विक, कमल थापा, गौरव थापा, आर्यन कुमाल र आयुष गुरुङको पुरुष टोलीले रजत पदक हासिल गरे ।

  • काठमाडौँ
  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    गेलेफु टी–२० सिरिजः नेपाल ‘ए’ टोली घोषणा

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ बागमती प्रदेश विजयी

  • Post Thumbnail

    ‘एनपिएल चौथो संस्करण चितवनमा आयोजना गर्न सकिन्छ’

  • Post Thumbnail

    दसौँ राष्ट्रिय खेलकुदः फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    गेलेफु टी–२० सिरिजः नेपाल ‘ए’ टोली घोषणा

    Post Thumbnail

    दक्षिण एसियाली आइटीएफ तेक्वान्दोमा तनहुँलाई १९ पदक

    म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

    म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि

    Post Thumbnail

    नागरिक लगानी कोषको कार्यप्रगति र योजनाबारे प्रस्तुतीकरण गर्न निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution