Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

‘एनपिएल चौथो संस्करण चितवनमा आयोजना गर्न सकिन्छ’

नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो संस्करण भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने भएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ९, बुधबार (१५ मिनेट अघि)
Post Thumbnail

चितवन, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को चौथो संस्करण भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालामा आयोजना गर्न सकिने भएको छ । रङ्गशालाको पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले ‘फ्लर्ड लाइट’ जडानको काम अघि बढ्न सकेमा झण्डै एक वर्षपछि हुने एनपिएल खेल्न सकिने भएको हो ।

एनपिएलको तेस्रो संस्करण सकिएका दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई ‘होम एण्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरिसक्नुभएको छ । यससँगै मङ्गलबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आठ वटै क्लबका सञ्चालकसँग यस विषयमा छलफल अघि बढाउनुभएको छ । छलफलमा सहभागी चितवन राइनोजका अध्यक्ष आयुस न्यौपानेले पूर्वाधार विकासमन्त्री अत्यन्तै सकारात्मक रहनुभएकाले चौथो एनपिएल चितवनमा हुनेमा आफू आशावादी भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यूसँगको छलफलमा चितवन र मूलपानीमा समेत अर्काे वर्ष खेल खेलाउन सकिने विषयमा छलफल भएको छ ।”

रङ्गशालाको निर्माणको काम केही महिनामा सकिने भएकाले सङ्घीय सरकारले फ्लर्ड लाइड र प्राविधिक कामहरु गरेमा खेल खेलाउन समस्या नहुने देखिएको उहाँले बताउनुभयो ।

चितवनमा जनकपुर, लुम्बिनी, पोखराका क्लबका लागि नजिक र सहज हुने अध्यक्ष न्यौपाने बताउनुहुन्छ । प्रधानमन्त्री शाहले चितवन राइनोजको होम रङ्गशाला गौतमबुद्ध रङ्गशालालाई तोक्नुभएको छ ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी अबको चार महिनाभित्रमा रङ्गशालाको पूर्वाधारको काम सकिने बताउनुहुन्छ । उहाँका अनुसार रङ्गशालाको ६८ प्रतिशत काम सम्पन्न भइसकेको छ । दुईवटै ‘टावर स्ट्रक्चर’को काम एकिएको छ । फिनिसिङको काम हुँदैछ । प्यारापिटको बस्ने ठाउँको काम सकिएर प्यारापिट पछाडिको ढलानको काम गर्ने तयारी गरिएको छ । समग्रमा प्यारापिट ८० प्रतिशत सम्पन्न भएको कार्यवाहक प्रमुख अधिकारी बताउनुहुन्छ ।

ग्राउण्डको सब सर्फेसको ड्रिनेजको पाइप राख्ने काम सुरु भएको भन्दै उहाँले त्यसपछि गिट्टी राखेर पिचको काम अघि बढाइने जानकारी दिनुभयो । ड्रिनेजको र कम्पाउण्डको काम भइसकेको छ । उहाँका अनुसार पहिलो चरणको यो काम सकिँदै गर्दा १५ हजार जना बसेर क्रिकेट हेर्न सक्ने छन् । दोस्रो चरणको क्रमशः काम गर्ने योजना छ । दोस्रो चरणको काम सकिँदा ३० हजार जना क्षमताको रङ्गशाला बन्ने छ ।

विसं २०७५ माघ १६ गते धुर्मुस–सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिका बीच सम्झौता भई प्रारम्भिक काम २०७६ मङ्सिरदेखि सुरु भएको थियो । फाउण्डेसनले आर्थिक स्रोत जुटाउन नसकेपछि २०७८ सालबाट निर्माण रोकिएको थियो । फाउण्डेशनले महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेपछि रङ्गशालाको पहिलो चरणको कामका लागि २०८१ साल असार २४ गते हिमालयन जेभिलाई भरतपुर महानगरपालिकाले ठेक्का दिएको थियो । ३० महिनाको समय दिएर भएको ठेक्का सम्झौताको मिति यही पुस २७ गते सकिँदै छ । कार्यवाहक प्रमुख अधिकारी त्यसको थप दुई महिनामा काम सक्ने अनुमान गर्नुहुन्छ ।

सुरुको सम्झौता रकम रु ७८ करोड ५० लाख ९१ हजार रहेकोमा हाल बढेर रु ८६ करोड २४ लाख ८४ हजार पुगेको छ । दोस्रो चरणको समेत काम सम्पन्न गर्न फ्लर्ड लाइटबाहेक सिभिल कामका लागि रु दुई अर्ब हाराहारी लाग्ने अनुमान रहेको कार्यवाहक प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले थप पूर्वाधार र फ्लर्ड लाइट राखेमा आउँदो एनपिएल यही खेल्न सकिन्छ ।” भौगोलिक हिसाबले उपयुक्त ठाउँ भएको भन्दै उहाँले छिमेकी देशहरु भारत र पाकिस्तानको समेत खेल यही गर्न सकिने बताउनुभयो ।

बागमती प्रदेशका क्रिकेट निर्देशक अनिल अधिकारीले एनपिएलको चौथो संस्करण भरतपुरमा गर्नुपर्ने बताउनुभयो । सरकार स्वयं सकारात्मक रहेकाले चौथो संस्करण यही हुनेमा आफू ढुक्क रहेको उहाँको भनाइ छ । त्रिवि क्रिकेट रङ्गशालाको क्षमता १० हजार मात्रै भएको भन्दै उहाँले यहाँको पहिलो चरणको काम सकिँदै गर्दा १५ हजार र पछि ३० हजार दर्शक अट्ने भएकाले ठाउँ उपयुक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिवि रङ्गशालामा नौ महिनामा सिट र फ्लर्ड लाइट राख्न सक्यौँ, यहाँ हामीसँग ११ महिना छ, किन सकिँदैन ?” अधिकारीले यहाँ राष्ट्रिय र अन्तरराष्ट्रिय खेल खेलाउन सकिने बताउनुभयो । त्रिविमा सात वटा पिच छन् भने यहाँ पाँच वटा पिच बनाउन सकिने छ ।

तराईका जिल्लाका खेलाडीका लागि भरतपुर उपयुक्त हुने अधिकारी बताउनुहुन्छ । चितवन जिल्ला क्रिकेट सङ्घका सचिव सुरज ज्ञवालीले मापदण्डअनुसार रङ्गशाला बनेकाले एनपिएलको चौथो संस्करण यहाँ गर्न सबैको साथ र सहयोग चाहिने बताउनुभयो । उहाँले भन्नुभयो, “एनपिएलको चौथो संस्करण गर्न यहाँ सकिन्छ, सरकार सकारात्मक रहेकाले हुन्छ भन्नेमा हामी ढुक्क छौँ ।” छिमेकी जिल्लामा रहेका केही क्लबको खेल यहाँ गर्न सकिने उहाँले बताउनुभयो । भरतपुरबाट पोखरा, लुम्बिनी, जनकपुरजस्ता क्लबका लागि दूरीका हिसाबले चितवन सहज छ । खेलाडी र दर्शकका लागि बस्न होटलहरु सहज छन् भने खेल नहुँदा घुम्नका लागि चितवन राष्ट्रिय निकुञ्जलगायतका पर्यटकीयस्थल जिल्लामा रहेका छन् ।

  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ बागमती प्रदेश विजयी

  • Post Thumbnail

    दसौँ राष्ट्रिय खेलकुदः फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी

  • Post Thumbnail

    दसौँ राष्ट्रिय खेलकुदमा गण्डकीका ७५० खेलाडी, ३१ खेलमा प्रतिस्पर्धा

  • दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान

    दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ बागमती प्रदेश विजयी

    Post Thumbnail

    ‘एनपिएल चौथो संस्करण चितवनमा आयोजना गर्न सकिन्छ’

    सडक कालोपत्र भएपछि स्थानीय दङ्ग

    सडक कालोपत्र भएपछि स्थानीय दङ्ग

    कर्णालीमा ‘सम्भव जीवन’ परियोजना सञ्चालन गरिँदै : तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गरिने

    कर्णालीमा ‘सम्भव जीवन’ परियोजना सञ्चालन गरिँदै : तीन लाखभन्दा बढी नागरिकको निःशुल्क आँखा तथा कान परीक्षण गरिने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution