
काठमाडौँ, ९ मङ्सिरः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिनुभएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आज सन्देश जारी गर्दै उहाँले हिंसा, विभेद र अपमान कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताउनुभएको छ ।
महिलाको सम्मान, सुरक्षा र समान सहभागिता सुनिश्चित नभएसम्म लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने उल्लेख गर्दै उहाँले सन्देशमा नेपालको संविधानले समानता, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको बताउनुभएको छ ।
मन्त्री बादीले सन्देशमा विद्युतीय माध्यमबाट हुने हिंसा, बालबालिकामाथिको हिंसा तथा सीमान्तकृत समुदायमाथि हुने हिंसालगायत सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध राज्यका निकाय, कानुन कार्यान्वयन गर्ने पदाधिकारी र आम नागरिकलाई एकजुट भएर आवाज उठाउन आग्रह गर्नुभएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |