Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

विधेयकमा समेटिएको ‘वेश्यावृत्ति’ शब्दको विकल्पबारे छलफल

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दको सट्टा उपयुक्त विकल्प खोजिने भएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (२४ मिनेट अघि)
विधेयकमा समेटिएको ‘वेश्यावृत्ति’ शब्दको विकल्पबारे छलफल

काठमाडौँ, ८ मङ्सिरः मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दको सट्टा उपयुक्त विकल्प खोजिने भएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उक्त शब्दको विकल्प र त्यसले पार्ने कानुनी प्रभावबारे छलफल भएको हो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयले विभिन्न चरणमा छलफल गरे पनि उपयुक्त विकल्पबारे निष्कर्षमा पुग्न नसकिरहेको समितिलाई जानकारी गराउनुभयो ।

उपयुक्त शब्द सुझाउन समिति सदस्यलाई आग्रह गदै उहाँले उपयुक्त विकल्प दिए मन्त्रालय त्यसलाई विधेयकमा समावेश गर्न सकारात्मक रहेको उहाँको बताउनुभयो ।

समिति सभापति आकृति अवस्थीले शब्द परिवर्तन गर्दा त्यसले समेट्दै आएको कानुनी अर्थ नहराउने र अपराधमा संलग्न व्यक्ति सजायबाट उम्कन नसक्ने गरी विकल्प खोज्नुपर्ने बताउनुभयो ।

उहाँले शारीरिक शोषणको परिभाषाले कुटपिट, अङ्ग बेचबिखन र जबर्जस्ती श्रममा लगाउने कार्यसमेत समेट्न सक्ने उल्लेख गर्दै ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्दा कुनै पनि अर्थ छुट्न नहुनेमा जोड दिनुभयो ।

सभापति अवस्थीले शब्द हटाउनुपर्ने प्रस्ताव मात्रै पर्याप्त नहुने भएकाले त्यसको सट्टा कुन शब्द राख्ने, त्यसको कानुनी आधार के हुने र सजाय कार्यान्वयनमा कुनै जटिलता आउँछ कि आउँदैन भन्ने विषयमा स्पष्ट सुझाव दिन समिति सदस्यलाई आग्रह गर्नुभयो ।

उक्त विषयमा ठोस विकल्पमा सहमति जुट्न नसकेपछि समितिले विधेयकको सम्बन्धित दफामाथिको छलफल अर्को बैठकमा गर्ने भएको छ ।

समिति सदस्य पार्वती विक, एशुदा कुमारी बराल र ज्ञानु पौडेल लगायतले त्यस सम्बन्धमा संशोधनको सुझाव प्रस्तुत गर्नुभएको थियो ।

उक्त विधेयक माथिको दफावार छलफलका क्रममा संशोधनकर्ता सांसदले ‘वेश्यावृत्ति’ शब्दले विशेषगरी महिलालाई सामाजिक कलङ्क र विभेदको भार बोकाउने भन्दै त्यसको सट्टा वैकल्पिक शब्द प्रयोग गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ ।

विधेयकमा के छ ?

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकको दफा ३ को उपदफा ४ को खण्ड (ङ) मा ‘शोषण’ भन्नाले दास वा बाँधा बनाउने वा त्यस्तो हैसियतमा राख्ने, वेश्यावृत्तिमा लगाउने, विद्युतीय वा अन्य कुनै माध्यम प्रयोग गरी वा नगरी यौन शोषण गर्ने, प्रचलित कानुनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने वा जबर्जस्ती श्रममा लगाउने कार्य सम्झनु पर्छ भन्ने उल्लेख छ ।

  • काठमाडौँ
  • प्रतिनिधिसभा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी

    हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी

  • Post Thumbnail

    अयोध्याबाट आएका चार सय तीर्थयात्रीलाई स्वागत

  • अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

    अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

  • रासस सुदृढीकरण तथा व्यवस्थापन सर्वेक्षण समिति सदस्यबाट निरीक्षण

    रासस सुदृढीकरण तथा व्यवस्थापन सर्वेक्षण समिति सदस्यबाट निरीक्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी

    हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी

    विधेयकमा समेटिएको ‘वेश्यावृत्ति’ शब्दको विकल्पबारे छलफल

    विधेयकमा समेटिएको ‘वेश्यावृत्ति’ शब्दको विकल्पबारे छलफल

    Post Thumbnail

    अयोध्याबाट आएका चार सय तीर्थयात्रीलाई स्वागत

    अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

    अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution