Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

बारीमै फूलको बजार पाएपछि किसान उत्साहित

तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका किसानलाई यस वर्ष सयपत्री फूल बिक्री गर्न बजार खोज्दै भौँतारिनुपरेन । बारीमै फूल किन्न आउने ग्राहकको घुइँचो लागेपछि किसानलाई फूल बिक्रीको चिन्ता भएन ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (२१ मिनेट अघि)
बारीमै फूलको बजार पाएपछि किसान उत्साहित

दमौली (तनहुँ), ८ मङ्सिरः तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका किसानलाई यस वर्ष सयपत्री फूल बिक्री गर्न बजार खोज्दै भौँतारिनुपरेन । बारीमै फूल किन्न आउने ग्राहकको घुइँचो लागेपछि किसानलाई फूल बिक्रीको चिन्ता भएन । आफूले उत्पादन गरेको फूल बारीबाटै बिक्री भएपछि किसान उत्साहित छन् ।

छिम्लीश्वारा चण्डेनी फलफूल तथा तरकारी उत्पादक कृषक समूहमा आबद्ध २३ महिलाले सामूहिक रूपमा गरेको सयपत्री फूलखेतीले यस वर्ष राम्रो बजार पायो । समूहले १६ रोपनी क्षेत्रफलमा लगाएको सयपत्री फूलमध्ये तिहारमा मात्रै दुई हजार ७६० किलो बिक्री भइसकेको छ । फुलेका फूल सबै बिक्री भएपछि किसानमा उत्साह थपिएको समूहकी अध्यक्ष जितमाया रानाले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष उत्पादित फूल दमौली, म्याग्दे, खैरेनीटार, पोखरा र आँबुखैरेनीसम्म पुगेको छ । बजारमा प्रतिकिलो रु ३०० मा फूल बिक्री गरिएको छ । बारीमै आएर खरिद गर्ने ग्राहकलाई भने प्रतिकिलो रु २०० मा बिक्री गरिएको उहाँले बताउनुभयो । फूल बिक्रीका लागि बजारसम्म लैजानुपर्ने झन्झट नहुँदा किसानलाई सहज भएको छ ।

“फूल उत्पादन भएपछि कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता लागेको थियो । तर बजारको समस्या भएन । ग्राहक आफैँ बारीमा आएर फूल किन्नुभयो । सबै फूल बिक्री भयो, यसले हामीलाई निकै उत्साहित बनाएको छ,” अध्यक्ष रानाले भन्नुभयो ।

किसानले फूलका साथै माला बनाएर पनि बिक्री गरेका छन् । ग्राहकको मागअनुसार फूल र माला दुवै बिक्री हुँदा आम्दानीको थप अवसर मिलेको छ । तिहारको मुख्य दिनमा मात्रै नभई त्यसपछिका धार्मिक तथा सांस्कृतिक अवसरमा फूलको माग रहने भएकाले किसानले बाँकी उत्पादन बिक्री हुने अपेक्षा गरेका छन् ।

छिम्लीश्वाराका किसानले केही वर्षअघिसम्म आफ्ना बारीमा मकै, मास र बोडीखेती गर्दै आएका थिए । परम्परागत खेतीमा मिहिनेत धेरै गर्नुपर्ने भए पनि आम्दानी भने अपेक्षाअनुसार नहुने किसानको अनुभव थियो । यही अवस्थालाई परिवर्तन गर्ने सोचका साथ उनीहरूले गत वर्षदेखि सामूहिक रूपमा सयपत्री फूलखेती सुरु गरेका हुन् ।

विदेशबाट ठूलो परिमाणमा फूल आयात भइरहेको देखेपछि आफ्नै गाउँमा फूल उत्पादन गर्न सके स्थानीय बजारको माग पूरा गर्नुका साथै किसानको आम्दानी बढाउन सकिने उनीहरूको सोच थियो । स्वदेशमै फूल उत्पादन गरेर बाहिरबाट आयात हुने फूलको निर्भरता घटाउने उद्धेश्यले सुरु गरिएको खेतीले उत्साहजनक परिणाम दिएको अध्यक्ष राना बताउनुहुन्छ ।

समूहले गत वर्ष छ रोपनीमा सयपत्री फूलखेती गरेको थियो । पहिलो वर्ष उत्पादन भएको फूल तिहारको समयमा सहजै बिक्री भएपछि किसानलाई खेती विस्तार गर्ने हौसला मिल्यो । बजारमा फूलको माग राम्रो देखिए पनि उत्पादन कम हुँदा ग्राहकको मागअनुसार फूल पु¥याउन नसकिएको अनुभव किसानसँग थियो ।

गत वर्षको तुलनामा झन्डै तीन गुणा क्षेत्रफलमा खेती विस्तार गरिएको छ । फूलखेतीका लागि गाउँपालिकाले ७५ प्रतिशत अनुदान दिएपछि थप प्रोत्साहन मिलेको समूहका कोषाध्यक्ष सन्सरी रानाले बताउनुभयो ।

उहाँका अनुसार यसपटक किसानले उत्पादन गरेको फूल बारीबाटै बिक्री हुँदा ढुवानी तथा बजार व्यवस्थापनको झन्झट कम भएको छ । फूल टिपेर बजार पु¥याउनुपर्ने, बिक्री नभएर बिग्रिने तथा ग्राहक खोज्दै हिँड्नुपर्ने समस्या नहुँदा सामूहिक खेतीप्रति थप आकर्षण बढेको उहाँले उल्लेख गर्नुभयो ।

सामूहिक रूपमा खेती गर्दा कामको बाँडफाँट गर्न, उत्पादनको हेरचाह गर्न र बिक्री व्यवस्थापन गर्न सहज भएको किसानको अनुभव छ । एउटै क्षेत्रमा धेरै फूलखेती हुँदा ग्राहकलाई आवश्यकताअनुसार फूल खरिद गर्न सजिलो भएको छ ।

परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन नसकेका महिलाले वैकल्पिक खेतीका रूपमा सुरु गरेको सयपत्री फूलखेती अहिले आम्दानीको राम्रो सम्भावना बोकेको व्यवसाय बनेको छ । आफ्नै खेतबारीमा उत्पादन गरेको फूलले स्थानीय बजार पाउन थालेपछि उनीहरूमा व्यावसायिक खेतीप्रतिको विश्वास बढेको छ ।

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    उत्तरी गोरखामा हावाहुरीले विद्यालय र घरका छाना उडायो

  • Post Thumbnail

    ‘अध्ययन र स्थलगत रिपोर्टिङबिना पत्रकारिता टिक्दैन’

  • मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

    मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

  • धादिङको नेत्रावती डबजोङका बिद्यार्थीहरुको रक्त समुह पहिचान गरिदै

    धादिङको नेत्रावती डबजोङका बिद्यार्थीहरुको रक्त समुह पहिचान गरिदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पार्किन्सन्स रोग सचेतनामा जोड

    बारीमै फूलको बजार पाएपछि किसान उत्साहित

    बारीमै फूलको बजार पाएपछि किसान उत्साहित

    Post Thumbnail

    नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम

    रासस सुदृढीकरण तथा व्यवस्थापन सर्वेक्षण समिति सदस्यबाट निरीक्षण

    रासस सुदृढीकरण तथा व्यवस्थापन सर्वेक्षण समिति सदस्यबाट निरीक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution