Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित गर्न औषधि उद्योग तथा यससँग सरोकार रहेका निकाय तथा व्यक्तिलाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (२५ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, ८ मङ्सिरः औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित गर्न औषधि उद्योग तथा यससँग सरोकार रहेका निकाय तथा व्यक्तिलाई औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

औषधि उद्योगको विभिन्न प्रयोजनमा सहायक कच्चा पदार्थका रुपमा उक्त रेक्टिफाइड स्पिरिट (इथोनल ९५ प्रतिशत) को प्रयोग हुँदै आएको छ । उक्त पदार्थले औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको गुणस्तर सुनिश्चित हुनु अत्यावश्यक रहेको भन्दै यसको मात्रा सुनिश्चितताका लागि विभागले उक्त निर्देशन दिएको हो ।

विभागका महानिर्देशक भरत भट्टराईका अनुसार हालसम्म विभिन्न अल्कोहल डिस्टिलरी, चिनी मिललगायतका उद्योगबाट व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने रेक्टिफाइड स्पिरिट प्रयोग हुँदै आएको छ ।

उक्त पदार्थको उत्पादन तथा प्रशोधन प्रक्रिया आधिकारिक फार्माकोपियामा निर्धारित मापदण्डअनुसार भए नभएको सुनिश्चित गर्न आवश्यक छ । औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तर भारतीय फार्माकोपिया ब्रिटिस फार्माकोपिया र संयुक्त राज्य अमेरिकाको फार्माकोपियालगायतका मान्यताप्राप्त फार्माकोपियामा तोकिएका मापदण्डअनुरूप हुनुपर्ने महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।

विभागले निर्धारित मापदण्डअनुसार गुणस्तर कायम भएको रेक्टिफाइड स्पिरिट मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन औषधि उद्योग तथा सरोकारवालालाई सोमबार सूचित गरेको हो ।

सो व्यवस्था सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि अनिवार्य रूपमा लागू हुने विभागले जनाएको छ । साथै, विभागीय निर्णयअनुसार यस विषयमा सम्बन्धित सबैलाई जानकारी गराइएको सूचनामा उल्लेख छ ।

यसैबीच विभागले प्लाटिनम समूहका औषधि तथा डायलाइसिस सोलुसनको बजारमा उपलब्धताका बारेमा जानकारी गराएको छ । जीवनरक्षक औषधिको निरन्तर बजार उपलब्धता सुनिश्चित गर्न तथा बिरामीलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विभागले सम्बन्धित औषधिको बजार उपलब्धताबारे जानकारी गराएको हो ।

विभागका अनुसार पछिल्लो समय प्लाटिनम समूहका सिस्प्लाटिन कार्बोप्लाटिन तथा डायलाइसिस सोलुसनलगायतका औषधि उपलब्ध नभएको वा न्यून रहेको जानकारीपछि ती औषधि सहज रूपमा उपलब्ध हुने फर्म तथा वितरकको विवरण सार्वजनिक गरिएको हो ।

विभागले सम्बन्धित आयातकर्तालाई औषधिको मौज्दात, प्राप्ति तथा वितरणको अद्यावधिक अभिलेख व्यवस्थित रूपमा राखी नियमित बजार उपलब्धता सुनिश्चित गर्न अनुरोध गरेको छ ।

यसैबीच दसैँलगत्तै प्राविधिक स्तरोन्नति (पिएचपी अपग्रेड) हुन नसक्दा अवरुद्ध रहेको विभागको अनलाइन सेवा आजदेखि नियमित रूपमा सञ्चालनमा आउने भएको छ । विभागले अनलाइनमार्फत प्रदान गर्दै आएका दर्तालगायतका सेवा आजैदेखि नियमित रूपमा सञ्चालनमा आउने जानकारी पनि सोमबार प्रकाशित सूचनामा उल्लेख छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

  • Post Thumbnail

    गरिमा विकास बैंकद्वारा नौ स्थानमा रक्तदान : ७१३ युनिट रगत सङ्कलन

  • Post Thumbnail

    चितवनमा तीन हजार २८२ को नि:शुल्क आँखा परीक्षण

  • समयमै आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने

    समयमै आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विभिन्न संसदीय समितिको बैठक बस्दै

    Post Thumbnail

    औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

    दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

    दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

    Post Thumbnail

    बढी आयकर दाखिला गर्ने चार करदाता सम्मानित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution