Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुनसरी

पुख्र्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडा बनाउने पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । बजारमा प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढ्दै जाँदा माटाका सामग्रीको प्रयोग घट्दै गए पनि उहाँले पुर्खादेखि गर्दै आएको पेसा छाड्नु भएको छैन ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ८, मंगलबार (२९ मिनेट अघि)
पुख्र्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

सुनसरी, ८ मङ्सिरः इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडा बनाउने पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । बजारमा प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढ्दै जाँदा माटाका सामग्रीको प्रयोग घट्दै गए पनि उहाँले पुर्खादेखि गर्दै आएको पेसा छाड्नु भएको छैन । आधुनिकतासँगै गाउँघरदेखि सहर बजारसम्म माटाका भाँडाकुँडाको प्रयोग कम हुँदै गए पनि पुख्र्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइरहेको पण्डितले बताउनुभयो ।

पहिले हातले माटो मुछेर विभिन्न आकारका भाँडाकुँडा बनाउनुपर्ने भए पनि अहिले मेसिनको प्रयोगले काम सहज भएको उहाँको अनुभव छ । “पहिले हातले माटो मुछ्न र सामग्री बनाउन धेरै समय र मेहनत लाग्थ्यो । अहिले मेसिन ल्याएपछि माटोको सामग्री बनाउन सजिलो भएको छ यसले समय र मेहनत दुवै कम लाग्ने गरेको छ”, पण्डितले भन्नुभयो ।

माटाका गिलास, दियो, पाला, हात्तीका मूर्ति, गमला, खुत्रुके तथा पूजापाठमा प्रयोग हुने विभिन्न सामग्री बनाउने गरिएको छ । वर्षभरि नै सामान्य सामग्री बिक्री हुने भए पनि चाडपर्व तिहार र छठका बेला माग बढी हुने गरेकाले बिक्री पनि धेरै हुने गरेको पण्डितले बताउनुभयो ।

“हेर्दा सजिलोजस्तो देखिए पनि माटाका सामग्री बनाउन मेहनत चाहिन्छ । सुरुमा माटो ल्याउनुपर्छ । त्यसपछि पानी मिसाएर मुछ्ने, मेसिनको सहायताले विभिन्न आकार दिने, घाममा सुकाउने, रङ लगाउने र भट्टीमा पोलेपछि मात्रै बिक्रीका लागि तयार हुन्छ”, उहाँले भन्नुभयो ।

सुनसरीको चिमडीबाट माटो ल्याउने गरिए पनि अहिले त्यहाँ माटो पाउन छाडेकाले भाँडा बनाउन सप्तरीबाट माटो ल्याउनुपर्ने अवस्था रहेको पण्डितले बताउनुभयो । माटो ढुवानीका लागि ट्र्याक्टरमा रु १० हजारदेखि रु १५ हजारसम्म र टिपरमा ल्याउँदा रु २० हजारसम्म खर्च हुने गरेको उहाँको भनाइ छ । एक गाडी माटोबाट करिब रु एक लाख ५० हजार मूल्य बराबरका सामग्री बनाउन सकिने पण्डितले जानकारी दिनुभयो ।

तिहार र छठ पर्वका समयमा मात्रै रु एक लाखदेखि रु दुई लाखसम्मका सामग्री बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । “यो हाम्रो पुख्र्यौली पेसा हो । आम्दानीको स्रोत पनि यही हो । वर्षभरि यही व्यवसाय गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छौँ । अरू पेसा छैन । वर्षमा कति मूल्यका सामग्री बिक्री हुन्छ र खर्च कटाएर कति बचत हुन्छ भन्ने हिसाब राख्ने गरेका छैनौँ । खानलाउन परिवारलाई पुगेकै छ”, पण्डितले भन्नुभयो ।

आफ्नै व्यवसाय भएकाले आफूलाई अनुकूल हुने समयमा काम गर्न सकिने र परिवारसँगै बस्न पाइने उहाँ बताउनुहुन्छ । स्वदेशमै आफ्नै व्यवसाय भए विदेश जानुपर्ने बाध्यता नहुने उहाँको भनाइ छ । पण्डितले बनाएका सामग्री बिक्रीका लागि बजारसम्म बोकेर लैजानुपर्ने अवस्था छैन । घर नजिकै बिहीबारे हाटबजारका कारण ग्राहक घरमै आएर सामग्री खरिद गरी लैजाने गरेका छन् । त्यसैले बिक्रीका लागि बजारको समस्या छैन ।

माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएपछि यस पेसामा आबद्ध धेरैले व्यवसाय परिवर्तन गरेको पण्डितको भनाइ छ । अहिले केहीले मात्रै पुर्खाले गर्दै आएको पेसालाई निरन्तरता दिइरहेका छन् । “बाउबाजेले गर्दै आउनुभएको पेसा भएकाले यसलाई मैले निरन्तरता दिएको हुँ । यही काम गरेर घरपरिवारको खर्च धान्दै आएको छु । आफ्नो पुख्र्यौली पेसा जोगाउन पाउँदा खुसी छु”, पण्डितले भन्नुभयो

  • सप्तरी
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

  • Post Thumbnail

    राउटे समुदायको परम्परागत सीप र संस्कृति संरक्षण गर्न सरकारसँग माग

  • आलेखः सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम

    आलेखः सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम

  • नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

    नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पुख्र्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

    पुख्र्यौली पेसा जोगाउन माटाका भाँडा बनाउँदै

    मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

    मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

    Post Thumbnail

    पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

    Post Thumbnail

    अनेसासको अध्यक्षमा पाण्डेय निर्वाचित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution