Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

गृह श्रमिकको योगदानको मूल्याङ्कन गरी पहिचान र अधिकार सुनिश्चित गर्न आग्रह

गृह श्रमिकले मुलुकको अर्थतन्त्रमा पु¥याएको योगदानको उचित मूल्याङ्कन गर्दै उनीहरूको पहिचान, अधिकार तथा आर्थिक–सामाजिक समुन्नति सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
रासस १०५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (१ दिन अघि)
गृह श्रमिकको योगदानको मूल्याङ्कन गरी पहिचान र अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौँ, ७ मङ्सिर ः गृह श्रमिकले मुलुकको अर्थतन्त्रमा पु¥याएको योगदानको उचित मूल्याङ्कन गर्दै उनीहरूको पहिचान, अधिकार तथा आर्थिक–सामाजिक समुन्नति सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

गृह श्रमिक सरोकार समाज नेपालले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले गृह श्रमिकको योगदान अर्थतन्त्रको विकासमा विशिष्ट रहे पनि राज्यका नीति, कानुन र तथ्याङ्कमा उनीहरूले उचित स्थान पाउन नसकेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा पुकार मल्लले गृह श्रमिकको क्षेत्रमा नीतिगत सहकार्यका लागि हालसम्म भएका प्रयासबारे चर्चा गर्दै आगामी सत्रौँ आवधिक योजनामा यस विषयलाई उचित सम्बोधन गरिने बताउनुभयो । उहाँले चालु सोह्रौँ आवधिक योजनाको मध्यावधि समीक्षाका क्रममा पनि गृह श्रमिकले अर्थतन्त्रमा पु¥याएको योगदानबारे विवेचना गरिने विश्वास व्यक्त गर्नुभयो ।

समाजका अध्यक्ष प्रभा पोखरेलले श्रम ऐन तथा नीतिमा परिमार्जन र गृह श्रमिकका मुद्दाको सम्बोधनका लागि आफूहरूले लामो समयदेखि पैरवी गर्दै आएको बताउनुभयो । उहाँले गृह श्रमिकको पहिचान, सञ्जालीकरण, क्षमता तथा सीप विकास र श्रमिकका रूपमा मान्यता एवं अधिकार सुनिश्चित गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रस्तुत अध्ययन–विवेचनाअनुसार गृह श्रमिक भन्नाले आफ्नै घर वा आफूले रोजेको अन्य स्थानमा बसेर रोजगारदाताको कार्यस्थलबाहिर ज्यालाका लागि वस्तु उत्पादन गर्ने वा सेवा प्रदान गर्ने श्रमिक हुन् । उनीहरूले रोजगारदाताले निर्दिष्ट गरेका वस्तु वा सेवा उत्पादन तथा उपलब्ध गराउने गर्दछन् । यसका लागि आवश्यक उपकरण, सामग्री तथा अन्य स्रोत रोजगारदाता वा श्रमिक स्वयंले उपलब्ध गराउन सक्छन् ।

नेपाल जीवनस्तर सर्वेक्षणले मुलुकमा करिब ३० लाख अनौपचारिक गृह श्रमिक रहेको देखाएको छ । तीमध्ये करिब ५० प्रतिशत महिला छन् । गृह श्रमिकमध्ये एक प्रतिशतभन्दा कमले मात्रै रोजगारदातासँग लिखित करार सम्झौता गरेका छन् । उनीहरूले वार्षिक बिदा, तलबी बिदालगायत श्रम अधिकार तथा सुविधासमेत प्राप्त गर्न नसकेको जनाइएको छ ।

सरकारी तथ्याङ्कअनुसार गृह श्रमिकले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत योगदान पु¥याएका छन् । अर्थतन्त्रमा यति ठूलो योगदान रहे पनि उनीहरूको श्रमको उचित मूल्याङ्कन, सामाजिक सुरक्षा र कानुनी संरक्षण हुन नसकेको कार्यक्रममा सहभागी वक्ताहरूले बताउनुभयो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    गुरु नानकको ५५७औँ जयन्ती मनाइयो

  • Post Thumbnail

    हिंसाविरुद्ध प्रतिबद्धता भाषणमा होइन, पीडितले पाउने न्याय र सुरक्षामा देखिनुपर्छः मन्त्री वादी

  • Post Thumbnail

    धान खरिदमा ढिलाइ हँुदा किसान समस्यामा

  • Post Thumbnail

    बाल–नाटक महोत्सवका लागि आलेख आह्वान

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान

    दसौँ राष्ट्रिय खेलकुदः पौडीमा तीन राष्ट्रिय कीर्तिमान

    Post Thumbnail

    गुरु नानकको ५५७औँ जयन्ती मनाइयो

    एनपिएलमा आगामी ‘सिजन’देखि नै दुईदेखि तीन मैदानमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

    एनपिएलमा आगामी ‘सिजन’देखि नै दुईदेखि तीन मैदानमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

    पाकिस्तान एसँग ९६ रनले पराजित हुँदै नेपाल एसिया कपबाट बाहिरियो

    पाकिस्तान एसँग ९६ रनले पराजित हुँदै नेपाल एसिया कपबाट बाहिरियो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution