Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
झापा

झापामा बन्दैछ १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल

नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजना’ को आज संयुक्त रूपमा शिलान्यास गरिएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (२० मिनेट अघि)
Post Thumbnail

झापा, ७ मङ्सिर : नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजना’ को आज संयुक्त रूपमा शिलान्यास गरिएको छ ।

भारतको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल प्रविधिमार्फत रिमोट थिचेर परियोजनाको शुभारम्भ गर्नुभएको थियोे ।

नेपाल र भारत सरकारबीचको ‘सरकार–सरकार’ (जीटुजी) सम्झौताअन्तर्गत भारत सरकारको शतप्रतिशत अनुदान तथा इन्डियन आयल कर्पोरेसन (आइओसी) को प्राविधिक सहयोगमा यो परियोजना निर्माण हुने परियोजना प्रमुख सुरेन्द्र महतोले बताउनुभयो ।

पाइपलाइन र टर्मिनल निर्माणका लागि करिब रु १२ अर्ब लागत अनुमान गरिएको छ । द्विपक्षीय सम्झौताअनुसार निर्माण सुरु भएको मितिले ५४ महिना (साढे चार वर्ष) भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

उहाँका अनुसार कूल ४९ दशमलव ६ किलोमिटर लम्बाइ रहने यस पाइपलाइनको भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १४ दशमलव छ किलोमिटर खण्ड पर्नेछ । भारतको सिलिगुडीस्थित आईओसीको टर्मिनलबाट सुरु हुने पाइपलाइन मेची पुल नजिकैबाट नेपाल प्रवेश गरी झापाको मेचीनगर नगरपालिकाको वडा नं. ६, १०, ११ हुँदै मेचीनगर–१३, चारआलीस्थित प्रस्तावित टर्मिनलमा पुगेर टुङ्गिनेछ ।

द्विपक्षीय सहमतिअनुसार नेपाल आयल निगमले काँकरभिट्टादेखि चारआलीसम्मको पाइपलाइन मार्ग र भण्डारणस्थलको जग्गा व्यवस्थापन गरेको छ । सरकारले वि.सं. २०७४ मै चारआलीमा २३ बिघा तीन कट्ठा १३ धुर जग्गा व्यवस्थापन गरी फिल्ड कार्यालयसमेत सञ्चालनमा ल्याइसकेको परियोजना प्रमुख महतोले जानकारी दिनुभयो ।

निगमले पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र जग्गा व्यवस्थापनको प्रारम्भिक काम सम्पन्न गरिसकेकाले अब आईओसीले पाइपलाइन बिछ्याउने र भण्डारण गृह निर्माणको काम चाँडै थाल्ने जनाइएको छ ।

पाइपलाइन निर्माणमा आठ इञ्च व्यासको कार्बन स्टिल पाइपलाई जमिनमुनि कम्तीमा एक दशमलव दुई मिटर गहिराइमा गाडिनेछ । सुरक्षा र चुहावट नियन्त्रणका लागि अत्याधुनिक ‘स्काडा’ प्रणाली र फाइबर अप्टिक सेन्सिङ प्रविधि जडान गरिने उहाँले बताउनुभयो ।

चारआलीमा निर्माण हुने अत्याधुनिक ग्रिनफिल्ड टर्मिनलको कुल भण्डारण क्षमता ३२ हजार ८०० किलोलिटर रहने परियोजनाको फिल्ड कार्यालयका प्रशासन प्रमुख मनिष न्यौपानेले बताउनुभयो । जसमा ३२ हजार २०० किलोलिटर डिजेल र छ हजार ६०० किलोलिटर पेट्रोल भण्डारण गर्न सकिनेछ ।

टर्मिनलमा ‘स्मार्ट भर्टिकल ट्याङ्की’, एकैपटक इन्धन भर्न मिल्ने आठ ‘बे’ सहितको ट्रक लोडिङ सुविधा तथा दुई वटा अग्नि नियन्त्रण पानी–फोम ट्याङ्की प्रणाली जडान गरिने उहाँले जानकारी दिनुभयो ।

पाइपलाइन बिछ्याउने क्रममा मेची, निन्दा, हडिया र फुलबासाजस्ता नदीहरू पार गर्नुपर्ने भएकाले जलचर र नदीको पारिस्थितिक प्रणालीमा असर पर्न नदिन ‘होरिजन्टल डिरेक्सनल ड्रिलिङ’ (एचडीडी) प्रविधि अपनाइने उहाँको भनाइ छ । नदीको सतहभन्दा धेरै गहिराइबाट पाइप लगिने हुँदा नदीको प्राकृतिक बहावमा कुनै अवरोध नपुग्ने परियोजनाले जनाएको छ ।

टर्मिनल सञ्चालनका क्रममा निस्कने वाष्पलाई पुन: इन्धनमा रूपान्तरण गरी वायु प्रदूषण र इन्धन नोक्सानी कम गर्न ‘भेपर रिकभरी सिस्टम’ तथा तेल मिसिएको पानी प्रशोधन गर्न ‘आयल वाटर सेपरेटर’ जडान गरिने भएको छ ।

विसं २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग यस पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सहमति भएको थियो । सोही सहमतिको कार्यान्वयन स्वरूप विसं २०८१ असोजमा नयाँदिल्लीमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसनका निर्देशक सेन्थिल कुमारबीच परियोजना निर्माणको औपचारिक सम्झौतामा हस्ताक्षर भएको थियो ।

  • झापा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • धादिङको नेत्रावती डबजोङका बिद्यार्थीहरुको रक्त समुह पहिचान गरिदै

    धादिङको नेत्रावती डबजोङका बिद्यार्थीहरुको रक्त समुह पहिचान गरिदै

  • उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

    उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीको शिष्टाचार भेट

  • Post Thumbnail

    बन्धक बनाइएका तीन नेपालीको उद्धार

  • तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक

    तराई–मधेसमा मौलिक पर्व सामा चकेवाको रौनक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राउटे समुदायको परम्परागत सीप र संस्कृति संरक्षण गर्न सरकारसँग माग

    धादिङको नेत्रावती डबजोङका बिद्यार्थीहरुको रक्त समुह पहिचान गरिदै

    धादिङको नेत्रावती डबजोङका बिद्यार्थीहरुको रक्त समुह पहिचान गरिदै

    Post Thumbnail

    झापामा बन्दैछ १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल

    Post Thumbnail

    चितवनमा तीन हजार २८२ को नि:शुल्क आँखा परीक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution