Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एनपिएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर

कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म पु¥याए । कसैले प्लेअफको यात्रा तय गरे त कसैका लागि प्रतियोगिता अपेक्षाअनुसार रहन सकेन ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (५१ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, ७ मङ्सिरः कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म पु¥याए । कसैले प्लेअफको यात्रा तय गरे त कसैका लागि प्रतियोगिता अपेक्षाअनुसार रहन सकेन । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव सँगालेका छन् ।

प्रतियोगिताको अन्त्यमा सुदूरपश्चिम रोयल्सले उपाधि उचाल्दा कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व र व्यक्तिगत प्रदर्शन दुवै चर्चामा रहे । शनिबार सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपिएलको उपाधि जितेको हो । टोलीलाई च्याम्पियन बनाउने क्रममा ऐरीले ब्याटिङ र बलिङ दुवैतर्फ योगदान दिए ।

ऐरीले यस संस्करणमा १० खेल खेल्दै २१७ रन बनाए । बलिङतर्फ उनले सात विकेट लिए । कप्तानका रूपमा टोलीलाई उपाधि दिलाउनाका साथै व्यक्तिगत प्रदर्शनमा प्रभाव छाड्न सफल ऐरी यस संस्करणका सफल कप्तान बने ।

उपविजेता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलको नेतृत्व पनि कम महत्वपूर्ण रहेन । उनको कप्तानीमा लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुग्यो । रोहितले आठ खेलमा १५१ रन बनाउनुका साथै चार विकेट लिए । गत संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार जितेका उनले यसपटक पनि आफ्नो प्रभाव जारी राखे ।

काठमाण्डु गोर्खाजका कप्तान करण केसीका लागि तेस्रो संस्करण सम्झनलायक रह्यो । उनको नेतृत्वमा टोलीले प्लेअफमा स्थान बनायो । व्यक्तिगत प्रदर्शनमा करणले आठ खेलमा १० विकेट लिए भने ब्याटिङबाट ९० रन जोडे ।

चितवन राइनोजको कप्तानी जिम्बाब्वेका अनुभवी अलराउन्डर सिकन्दर रजाले गरेका थिए । उनको नेतृत्वमा चितवन प्लेअफसम्म पुग्न सफल भयो । यद्यपि, व्यक्तिगत प्रदर्शनमा भने उनले अपेक्षाअनुसार प्रभाव पार्न सकेनन् । रजाले पाँच खेलमा ५६ रन बनाउँदा बलिङमा पाँच विकेट लिए ।

कर्णाली याक्सले प्रतियोगिताका क्रममा कप्तान परिवर्तन गरेको थियो । सुरुआती खेलमा सोमपाल कामीले टोलीको नेतृत्व गरेका थिए भने लिग चरणको अन्तिमतिर डेविड मिलरलाई कप्तानीको जिम्मेवारी दिइयो ।

सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाए । बलिङमा उनको प्रदर्शन अझ प्रभावशाली रह्यो । उनले आठ दशमलव ९० को इकोनोमी रेटमा १० विकेट लिए । यता, पहिलोपटक एनपिएल खेलेका मिलरले चार खेलमा एक अर्धशतकसहित ११० रन बनाए । यस संस्करणमा उनको उच्च स्कोर अविजित ९३ रन रह्यो ।

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेका लागि भने यो संस्करण सुखद रहन सकेन । उनको नेतृत्वमा विराटनगरले प्लेअफमा स्थान बनाउन सकेन ।

पोखरा एभेन्जर्सले खराब प्रदर्शनपछि प्रतियोगिताकै बीचमा कप्तान परिवर्तन ग¥यो । सुरुआती खेलमा कुशल भुर्तेलले टोलीको नेतृत्व गरेका थिए । लिग चरणको अन्तिमतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो ।

कप्तान परिवर्तन भए पनि कुशलको व्यक्तिगत प्रदर्शन भने राम्रो रह्यो । उनले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाए । बलिङमा पनि उनले छ विकेट लिए । नयाँ कप्तान करुणारत्नले छ खेलमा ८५ रन बनाउनुका साथै चार विकेट हात पारे ।

जनकपुर बोल्ट्सका कप्तान अमेरिकी अलराउन्डर हरमित सिंहका लागि भने यो संस्करण टोली र व्यक्तिगत दुवै हिसाबले चुनौतीपूर्ण रह्यो । उनको नेतृत्वमा जनकपुर अङ्क तालिकाको अन्तिम स्थानमा रह्यो । तर, व्यक्तिगत प्रदर्शनमा हरमितले आफ्नो प्रभाव देखाए । उनले सात खेलमा ११ विकेट लिनाका साथै ब्याटिङमा ९० रन बनाए ।

  • काठमाडौँ
  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

  • Post Thumbnail

    खेलकुद प्रतियोगिता गर्न फ्लडलाइट जडान गरिने

  • सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि

    सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि

  • Post Thumbnail

    झापा महिला गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रधानमन्त्री शाहलाई भारतको राष्ट्रपति भवनमा ‘सम्मान गारत’

    प्रधानमन्त्री शाहलाई भारतको राष्ट्रपति भवनमा ‘सम्मान गारत’

    आठपहरियाको वडाङ्मेट पर्व सुरु

    आठपहरियाको वडाङ्मेट पर्व सुरु

    Post Thumbnail

    एनपिएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर

    Post Thumbnail

    रेलमार्गले जोडिँदै राम–सीताको पवित्र सम्बन्धका दुई धाम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution