Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गर्नुभएको ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणाले मोफसलका क्लबका सञ्चालक उत्साहित भएका छन् ।
रासस १००१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार (१ दिन अघि)
Post Thumbnail

चितवन, ७ मङ्सिरः नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गर्नुभएको ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणाले मोफसलका क्लबका सञ्चालक उत्साहित भएका छन् ।

प्रधानमन्त्री शाहले आठवटै क्लबका आफ्नै ‘फ्लडलाइट’ सहितका क्रिकेट रङ्गशालाको निर्माण नेपाल सरकार पूर्वाधार विकास मन्त्रालयले गर्ने बताउनुभएको छ ।

क्रिकेट क्लबका सञ्चालकले प्रधानमन्त्रीको भनाइलाई स्वागत गर्दै उत्साहित भएका हुन् । प्रधानमन्त्रीले नेपाल ‘प्रिमियर लिग’को छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने भन्दै क्रिकेट रङ्गशाला नै तोक्नुभएको छ ।

कर्णाली एक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले आफ्नै घरेलु मैदानमा आफ्नै माटो र समर्थकको न्यानो साथमा खेल्ने कर्णालीवासीको वर्षांैदेखिको सपना अब साकार हुने दिशामा अघि बढेको बताउनुभयो ।

राज्यको ऐतिहासिक पहलले कर्णालीको खेलकुद, पूर्वाधार विकास, लुकेका स्थानी प्रतिभाको प्रस्फुटन र समग्र कर्णालीको खेल पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा साबित हुने विश्वास लिइएको बताउनुभयो ।

कर्णालीमा अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने यस महाअभियानमा नेपाल सरकार, प्रदेश सरकार, नेपाल क्रिकेट सङ्घ र सम्पूर्ण सरोकारवाला निकायसँग हातेमालो गर्दै अघि बढ्न कर्णाली एक्स सधैँ तत्पर र प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

यस्तै, जिल्लामा रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणाली लागू हुने र आफ्नै घरेलु मैदान विकासको प्रधानमन्त्रीको घोषणाप्रति हार्दिक स्वागत र धन्यवाद व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “आफ्नै सहरमा आफ्नै मैदानमा खेल्ने कुरा केवल खेलसम्म सीमित होइन, यो कर्णालीदेखि चितवनसम्मका समर्थकलाई नजिकैबाट टिमको उत्साह बाँड्ने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र खेल पूर्वाधार आधुनिक बनाउने अवसर हो ।”

यो पहलले स्थानीय युवा प्रतिभालाई प्रेरणा दिने, प्रशिक्षण सहज बनाउने र पूरै प्रदेशमा खेलकुदको माहोल बढाउने विश्वास लिइएको उहाँको भनाइ छ । न्यौपानेले चितवन राइनोजका तर्फबाट नेपाल सरकार, प्रदेश सरकार, भरतपुर महानगरपालिका, क्यान र सबै सरोकारवाला निकायप्रति सहयोगको अपेक्षा राख्नुभयो । उहाँले यस राष्ट्रिय अभियानलाई सफल बनाउन तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको अन्तरराष्ट्रियस्तरको गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले शीघ्र फ्लडलाइट जडान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

प्रधानमन्त्री शाहले चितवन राइनोजलाई गौतमबुद्ध क्रिकेट रङ्गशाला, कर्णाली एक्सलाई सुर्खेत क्रिकेट रङ्गशाला, विराटनगर किङ्सलाई वैजनाथपुर क्रिकेट रङ्गशाला, लुम्बिनी लायन्सलाई सिद्धार्थ क्रिकेट रङ्गशाला, सुदूरपश्चिम रोयल्सलाई फाप्ला क्रिकेट रङ्गशाला, काठमाडौँ गुर्खाजलाई कीर्र्तिपुर क्रिकेट रङ्गशाला, पोखरा एभेन्चर्सलाई पोखरा क्रिकेट रङ्गशाला र जनकपुर बोल्ट्सलाई रामजानकी क्रिकेट रङ्गशाला उपलब्ध गराइने उल्लेख गर्नुभएको छ ।

  • काठमाडौँ
  • चितवन
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन मुख्यमन्त्री शाहीको आह्वान

  • Post Thumbnail

    पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा

  • Post Thumbnail

    एनपिएलका आठ कप्तानः कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ८ गते मंगलबार

    २०८३ मंसिर ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि

    Post Thumbnail

    उत्तरी गोरखामा हावाहुरीले विद्यालय र घरका छाना उडायो

    Post Thumbnail

    विभिन्न संसदीय समितिको बैठक बस्दै

    Post Thumbnail

    औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution