
काठमाडौँ, ६ मङ्सिरः काठमाडौँमा पार्किङ गरी राखिएको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुरका १८ वर्षीय विशाल लामा रहेका छन् ।
नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिकको खाली जग्गामा पार्किङ गरी राखिएको बा१ज ९८०५ नम्बरको माइक्रोबस हराएको सूचनापछि प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा चोरी भएको उक्त माइक्रोबस फेला पार्नुका साथै चोरीमा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चोरी भएको माइक्रोबस कलङ्की र चोरीमा संलग्नहरू स्वयम्भूस्थित बुद्धपार्क क्षेत्रबाट फेला परेका हुन् । पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
जुवा खालबाट १२ जना पक्राउ
यसैबीच काठमाडौँको माछापोखरीस्थित एक गेस्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नगद रु एक लाख ९३ हजारसहित १२ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित गेस्टहाउसमा हारजित हुनेगरी अवैध रूपमा जुवातास खेल्ने तथा खेलाउने कार्य भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता थापाका अनुसार पक्राउ परेकाको साथबाट नगद रु एक लाख ९३ हजार र चार बुक तास बरामद गरिएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |