Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

कामपाबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै

काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, ६ मङ्सिरः काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरिनेछ ।

स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि आगामी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

“जलवायु परिवर्तनको प्रभावबारे हामी सबै भुक्तभोगी छौँ । हामीले फेर्ने श्वासदेखि पिउने पानी र बस्ने सहरसम्म जलवायु परिवर्तनबाट प्रभावित छन्”, उहाँले भन्नुभयो, “अब गरौँला–हेरौँला भनेर बस्ने समय छैन । त्यसैले काममै केन्द्रित भएर जलवायु कार्य सप्ताह आयोजना गर्न लागेका हौँ ।”

उहाँले जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरणका लागि तत्काल कार्यान्वयनमा जानुपर्ने आवश्यकता औँल्याउँदै सप्ताहका क्रममा महानगरपालिकाले विभिन्न नयाँ कार्यक्रमको थालनी गर्ने बताउनुभयो ।

सप्ताहको पहिलो दिन विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षसँग जलवायु परिवर्तनको प्रभाव, त्यसबाट प्रभावित समुदाय तथा न्यूनीकरणका लागि भइरहेका प्रयासबारे अनुभव आदानप्रदान गरिनेछ ।

सोही दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौँ अभियान’ सुरु गरिने कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिनुभयो । महानगरपालिकाभित्रका विद्यालयमा भूमिगत जल पुनःभरण गर्न सकिने सम्भावित स्थानको अध्ययनसमेत गरिएको उहाँले बताउनुभयो ।

दोस्रो दिन जलवायु वित्तका विषयमा विज्ञहरूसँग छलफल गरिनेछ । जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तरराष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी वित्तीय स्रोत र निजी क्षेत्रको लगानी परिचालनका विषयमा विमर्श हुनेछ ।

तेस्रो दिन ‘नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असर’ विषयमा केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ । परम्परागत हिटी प्रणालीको संरक्षण, ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, भूमिगत जल पुनःभरण तथा पानीको गुणस्तर परीक्षणसम्बन्धी प्रदर्शन र सम्पदा संरक्षणमा सामुदायिक ज्ञानको भूमिकाबारे छलफल गरिनेछ ।

चौथो दिन ‘ऊर्जा प्रणाली र जलवायु परिवर्तन’ विषयमा स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन, ऊर्जा भण्डारण प्रविधि तथा फोहरमैला व्यवस्थापनका विषयमा समानान्तर सत्र सञ्चालन हुनेछन् । सोही दिन टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटन गरिने तथा सफा टेम्पो र विद्युतीय सवारीसाधनको प्रयोग प्रवर्द्धनसम्बन्धी कार्यक्रम आयोजना गरिनेछ ।

पाँचौँ दिनलाई ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ का रूपमा मनाइनेछ । सो अवसरमा ५० भन्दाबढी विद्यालयमा एकैसाथ फोहर वर्गीकरण, विद्यालयको वातावरणीय अवस्था पहिचान, जलवायु खेल, वृक्षरोपण योजना तथा सिर्जनात्मक सचेतना र कार्यमूलक गतिविधि सञ्चालन गरिनेछ । विद्यार्थीले विकास गरेका नवीन प्रविधि, हरित आविष्कार तथा इको क्लबका गतिविधिसमेत प्रदर्शनीमा राखिनेछन् ।

जलवायु परिवर्तनका घटना र भविष्यमा पर्नसक्ने जोखिमबारे बालबालिकालाई सचेत तथा सक्रिय बनाउन ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगितासमेत आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुनेले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सात जनालाई जनही रु १० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने १० जनालाई ‘काठमाडौँ महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावना दूत’ घोषणा गरी वर्षभरि नै जलवायु संरक्षणसम्बन्धी सिर्जनात्मक गतिविधिमा सहभागी गराउने महानगरपालिकाको तयारी छ ।

सप्ताहको छैटौँ दिन ‘खाद्य प्रणाली र जलवायु परिवर्तन’ तथा सातौँ दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था र अन्तरसरकारी संस्थाको दायित्वका विषयमा कार्यक्रम सञ्चालन गरिने कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिनुभयो ।

हालै काठमाडौँ फिल्म फेस्टिभल सम्पन्न गरेको महानगरपालिकाले त्यसलगत्तै जलवायु कार्य सप्ताह आयोजना गर्न लागेको हो । सप्ताहमार्फत जलवायु परिवर्तनका चुनौतीबारे छलफलमा मात्र सीमित नभई स्थानीयस्तरमा ठोस कामको थालनी गर्नेे लक्ष्य रहेको महानगरपालिकाले जनाएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    राउटे समुदायको परम्परागत सीप र संस्कृति संरक्षण गर्न सरकारसँग माग

  • आलेखः सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम

    आलेखः सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम

  • नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

    नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

  • गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

    गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ७ गते सोमबार

    २०८३ मंसिर ७ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन मुख्यमन्त्री शाहीको आह्वान

    Post Thumbnail

    कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

    Post Thumbnail

    बाढी प्रभावितको पुन:स्थापनामा प्रदेश सरकारले पहल गर्ने

    प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

    प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : मन्त्री खनाल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution