
काठमाडौँ, ६ मङ्सिर: १२ औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद् जोखिम न्यूनीकरण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा वैज्ञानिक अनुसन्धानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धनलाई जोड दिएको छ । नेपाल भौगर्भिक समाजद्धारा यहाँ आयोजित तिन दिने उक्त सम्मेलनमा हिमालयको भूवैज्ञानिक विकास, भूकम्प, पहिरो, जलवायु परिवर्तन, जलस्रोत, खनिज स्रोत, उत्थानशील पूर्वाधार तथा आधुनिक भूवैज्ञानिक प्रविधिका विषयमा गहन मन्थन भएको समाजका अध्यक्ष अध्यक्ष भास्कर खतिवडाले जानकारी दिनुभयो । सम्मेलनका क्रममा हिमालयन भूविज्ञान, टेक्टोनिक्स, इन्जिनियरिङ भूविज्ञान, पर्वतीय पूर्वाधार, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, जलस्रोत, खनिज तथा ऊर्जा स्रोत, डिजिटल भूविज्ञान, रिमोट सेन्सिङ, नीति तथा पेशागत अभ्यासलगायत विषयमा वैज्ञानिक छलफल भएको थियो । समाजका अनुसार, नेपालसहित २७ देशका ३४५ जना भूवैज्ञानिक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा सरोकारवालाको सहभागीता रहेको सम्मेलनमा रसुवाको विपद् तथा बहुप्रकोपीय जोखिमलगायतका विषयमा केन्द्रित भइ अध्ययन तथा अनुसन्धान प्रस्तुती गरियो । सम्मेलनमा उत्थानशील, दिगो तथा स्रोत–सुरक्षित विश्वका लागि हिमालयन भूविज्ञानको उन्नयन विषयमा केन्द्रित रही छलफल भएको समाजका महासचिव शिवकुमार बाँस्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनका क्रममा विषयबस्तु केन्द्रित सातवटा मुख्य वक्तव्य, १३ वटा आमन्त्रित प्रस्तुति, ७६ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुति र ५८ वटा पोस्टर प्रस्तुति समावेश गरिएको थियो । सम्मेलनमा सहभागीले बहुविषयगत अनुसन्धान, वैज्ञानिक तथ्याङ्कको गुणस्तर सुधार, आधुनिक अनुगमन प्रविधिको प्रयोग, विपद् जोखिम न्यूनीकरण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड दिनुभएको महासचिव बास्कोटाले जानकारी दिनुभयो । सम्मेलनले हिमालयन तथा पर्वतीय भूविज्ञान क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्न तथा अनुसन्धानका क्षेत्रमा रहेका शैक्षिक संस्था, सरकारी निकाय र वैज्ञानिक समुदायबीच समन्वय र सहयोग बढाउन सुझाव दिएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |