Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

व्यासको ऐतिहासिक तथा पुरातात्विक सम्पदा चिनाउन ग्रामीण पर्यटन मेला

महर्षि वेदव्यास र पराशर ऋषिको तपोभूमिका रूपमा परिचित तनहुँको व्यास नगरपालिकामा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण र ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘व्यास नगर पुरातात्विक सम्पदा एवं ग्रामीण पर्यटन मेला–२०८३’ आयोजना हुने भएको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (३० मिनेट अघि)
Post Thumbnail

कास्की, ६ मङ्सिर: महर्षि वेदव्यास र पराशर ऋषिको तपोभूमिका रूपमा परिचित तनहुँको व्यास नगरपालिकामा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण र ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘व्यास नगर पुरातात्विक सम्पदा एवं ग्रामीण पर्यटन मेला–२०८३’ आयोजना हुने भएको छ ।

व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी मङ्सिर २५ देखि २७ गतेसम्म व्यास नगरपालिका–३ स्थित दमौली सभाहल, बिपी वनबाटिकामा मेला सञ्चालन हुने शनिबार पोखराको पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

वेद, पुराण र महाभारतका रचयिता महर्षि वेदव्यासको जन्मभूमिका रूपमा धार्मिक तथा सांस्कृतिक पहिचान बनाएको दमौली क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण, प्रचारप्रसार र पर्यटनसँग जोड्ने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको हो ।

‘सांस्कृतिक सहर, व्यास नगर’ मूल नारासहित आयोजना हुने मेलाले नगरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण र विकास गर्दै व्यास नगरलाई सुन्दर, शान्त र सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको कार्यक्रम संयोजक हरिसिंह गुरुङले जानकारी दिनुभयो ।

सेती र मादी नदीको सङ्गस्थलमा अवस्थित व्यास नगरपालिका महर्षि वेदव्यास र पराशर ऋषिको तपोभूमिका रूपमा परिचित छ । धार्मिक मान्यताअनुसार यही क्षेत्रमा महर्षि वेदव्यासको जन्म भएको र उहाँले वेदलाई चार भागमा विभाजन गर्नुका साथै महाभारत तथा अठार पुराणको रचना गर्नुभएको विश्वास गरिन्छ ।

दमौलीस्थित व्यास गुफा, पराशर गुफा तथा आश्रम यस क्षेत्रका प्रमुख धार्मिक एवं ऐतिहासिक सम्पदा हुन् । छाब्दी बाराही, तनहुँसुर दरबार, मानहुँकोट, गलेखामकोटलगायतका स्थलले पनि नगरको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वलाई उजागर गरेका छन् ।

प्रतिष्ठानले यसअघि २०७९ सालमा व्यास नगर बहुजातीय सांस्कृतिक महोत्सव र २०८२ सालमा व्यास नगर साहित्यिक महोत्सव आयोजना गरेको थियो । यस वर्ष भने पुरातात्विक सम्पदाको पहिचान, संरक्षण र ग्रामीण पर्यटनलाई प्राथमिकतामा राखेर मेला आयोजना गर्न लागिएको संयोजक गुरुङले बताउनुभयो ।

“मेलामा पुरातात्विक सम्पदा संरक्षणसम्बन्धी स्थानीय तथा राष्ट्रिय महत्वका सम्पदाको तस्बिर प्रदर्शनी गरिनेछ । विद्यालय तथा कलेजका विद्यार्थीलाई लक्षित गरी पुरातात्विक सम्पदा र ललितकलासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्नेछौँ भने परिसरमा जीवित मूर्ति तथा चित्रकला केन्द्रसमेत रहने छ”, संयोजक गुरुङले भन्नुभयो ।

मेलाका अवसरमा व्यास नगरभित्र रहेका एक सय वर्षभन्दा पुराना सांस्कृतिक सम्पदालाई समेटेर ‘व्यास नगर सम्पदा’ पुस्तक प्रकाशन गरिनेछ । त्यस्तै, व्यास–पराशर क्षेत्र, छाब्दी बाराही र तनहुँसुरको डिजिटल माध्यमबाट प्रचारप्रसार गरिनेछ । क्युआर कोडमार्फत नेपाली, गुरुङ, अङ्ग्रेजी र हिन्दी भाषामा सम्पदासम्बन्धी जानकारी उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । व्यास–पराशर क्षेत्रका लागि संस्कृत भाषामा समेत प्रचारप्रसार सामग्री निर्माण गरिने प्रतिष्ठानले जनाएको छ ।

ग्रामीण पर्यटनको विकास तथा मौलिक संस्कृतिको संरक्षणका लागि मेलामा नगरभित्रका सामुदायिक होमस्टे तथा विभिन्न जातीय र सांस्कृतिक संस्थाका मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् । होमस्टे व्यवस्थापन समितिमार्फत स्थानीय रैथाने बाली, परम्परागत खानाका परिकार, फलफूल, तरकारी तथा घरेलु उत्पादन बिक्रीका लागि स्टल राखिनेछन् ।

  • कास्की
  • तनहुँ
  • बारा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

    सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

  • गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

    गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

  • Post Thumbnail

    पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

  • Post Thumbnail

    कौडा खेलिरहेको अवस्थामा नौ लाख ६० हजारसहित २४ जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

    सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा

    Post Thumbnail

    व्यासको ऐतिहासिक तथा पुरातात्विक सम्पदा चिनाउन ग्रामीण पर्यटन मेला

    गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

    गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

    Post Thumbnail

    पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution