Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रसुवा

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
रासस १३२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (१ दिन अघि)
गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

रसुवा, ६ मङ्सिर: रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विगतमा विशेष पर्वका अवसरमा मात्र यात्रुको चहलपहल हुने गरेकामा पछिल्लो समय वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन् ।

सडक सञ्जालको विस्तार तथा पदमार्गमा होटल र लजको सुविधा थपिएपछि जुनसुकै याममा पनि गोसाइँकुण्ड पुग्न सहज भएको स्थानीय व्यवसायी बताउँछन् । काठमाडौँबाट सदरमुकाम धुन्चेसम्म सवारीसाधनमा पुग्न सकिने भएकाले त्यहाँबाट दुई दिनको पैदलयात्रामा गोसाइँकुण्ड पुग्न सकिन्छ । काठमाडौँको सुन्दरीजल वा नुवाकोटको समुद्रटार हुँदै जाने वैकल्पिक पदमार्गबाट पनि यात्रा गर्न सकिन्छ ।

पदमार्गमा खानेबस्ने सुविधा सहज भएसँगै बाह्रै महिना पदयात्री आउन थालेको खेन्दीका होटल व्यवसायी सृजना घलेले बताउनुभयो । पहिले विशेष मेलापर्वमा मात्र पर्यटकको चहलपहल हुने गरेकामा अहिले वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उहाँको भनाइ छ ।

धुन्चेका होटल व्यवसायी विशाल घलेका अनुसार सामान्य अवस्थामा दैनिक करिब १०० जना पर्यटक यस क्षेत्रमा आउने गरेका छन् । केही दिन यो सङ्ख्या अझ बढी हुने गरेको छ । गत भदौ १० गतेको बाढीले बाटो तथा संरचनामा क्षति पुर्‍याउँदा पर्यटक आगमन केही समय प्रभावित भए पनि अहिले जनजीवन र पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थालेको उहाँले बताउनुभयो ।

मिनी गोसाइँकुण्डमा होटल व्यवसाय गर्दै आउनुभएकी सीता देवकोटाले पनि बाढीका कारण केही समय व्यवसाय प्रभावित भए पनि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन सामान्य बन्दै गएको बताउनुभयो । उहाँका अनुसार यात्राका क्रममा धैबुङको दहीचिउरा, धुन्चेको बसाइ र चन्दनबारीको प्राकृतिक सौन्दर्यले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ ।

धार्मिक विश्वासअनुसार संसारभरका देवीदेवता गोसाइँकुण्डमा बास बस्ने भएकाले त्यहाँ स्नान गर्दा सम्पूर्ण देवीदेवताको दर्शन हुने मान्यता रहेको स्थानीय समाजसेवी दावाफिन्जो तामाङ बताउनुहुन्छ । पौराणिक कथनअनुसार समुद्रमन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि उत्पन्न जलन शान्त पार्न भगवान् शिवले त्रिशूलले जमिनमा प्रहार गरी निस्किएको जल पिउनुभएको र त्यही कुण्डमा शयन गर्नुभएको विश्वास गरिन्छ ।

त्रिशूलबाट निस्किएको जलबाट गोसाइँकुण्ड बनेको र भगवान् शिव आजसम्म पनि कुण्डमा शयन गरिरहेको धार्मिक विश्वास छ । कुण्डमा स्नान गर्दा रोगव्याधि हट्ने र घरमा सुखशान्ति मिल्ने विश्वासका साथ श्रद्धालुहरू नीलाद्री पर्वत पुगेर शिवको पूजाआराधना गर्ने तथा वरदान माग्ने परम्परा रहेको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिनुभयो ।

गोसाइँकुण्डको ऐतिहासिक महत्व पनि रहेको छ । नेपाल–अङ्गे्रज युद्धपछि भएको सुगौली सन्धिबाट नेपालको हित नभएको पीडामा राष्ट्रिय विभूति अमरसिंह थापाले गोसाइँस्थानमा देहत्याग गरेको इतिहास रहेको पुरोहित ढकालले बताउनुभयो । उहाँका अनुसार थापाले कुण्डको दक्षिणतर्फको भिरमा रहेको गुफामा अन्तिम समय बिताउनुभएको थियो ।

प्रत्येक वर्ष १० हजारभन्दा बढी भक्तजन तथा पदयात्रीले गोसाइँकुण्ड क्षेत्रको भ्रमण गर्ने गरेका छन् । धार्मिक आस्था राख्ने यात्रुहरूले यात्रा सुरु गर्नुअघि घरका कुलदेवताको बिदा मागेर वेत्रावती नदीमा केश मुण्डन तथा गङ्गापूजा गर्ने प्रचलन छ । यात्राका क्रममा ‘ॐ नम: शिवाय’ जप्दै सुलाद्री पर्वत (लौरीविनायक) आरोहण गरी लौरी चढाउने परम्परासमेत कायम छ ।

जुनसुकै मौसममा पदयात्रा गर्न सकिने भए पनि लौरीविनायकभन्दा माथिल्लो क्षेत्रमा वनस्पति नपाइने र अक्सिजनको मात्रा कम हुने भएकाले लेक लाग्ने जोखिम रहेको छ । त्यसैले यात्राका क्रममा पर्याप्त पानी तथा ग्लुकोज पिउन, चिकित्सकको परामर्शअनुसार आवश्यक औषधि बोक्न र अदुवा, लसुन तथा कागतीजस्ता घरेलु उपाय अपनाउन स्थानीयवासीले सुझाव दिने गरेका छन् ।

धार्मिक, ऐतिहासिक तथा प्राकृतिक विविधता समेटिएको गोसाइँकुण्ड पदयात्रा र भ्रमणका लागि महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित छ ।

  • काठमाडौँ
  • नुवाकोट
  • पर्वत
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

  • Post Thumbnail

    पर्यटक आगमनमा वृद्धि

  • Post Thumbnail

    चोरीको माइक्रोबससहित दुई जना पक्राउ

  • ‘असार मसान्तभित्र चुहार पुल बन्ने’

    ‘असार मसान्तभित्र चुहार पुल बन्ने’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार

    विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार

    कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह

    कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह

    Post Thumbnail

    पर्यटक आगमनमा वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution