Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
झापा

सहारा नेपालको ‘जीवन वरदान’बाट पाँच हजारभन्दा बढी लाभान्वित

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यको स्वास्थ्योपचारका लागि सञ्चालन गरेको ‘जीवन वरदान’ कार्यक्रमबाट दुई आर्थिक वर्षमा पाँच हजारभन्दा बढी लाभान्वित भएका छन् ।
रासस ११५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (१ दिन अघि)
Post Thumbnail

झापा, ५ मङ्सिर: सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यको स्वास्थ्योपचारका लागि सञ्चालन गरेको ‘जीवन वरदान’ कार्यक्रमबाट दुई आर्थिक वर्षमा पाँच हजारभन्दा बढी लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा कार्यक्रममार्फत सदस्यलाई रु १९ करोड ८३ लाख ३८ हजार ९७२ बराबरको स्वास्थ्योपचार सेवा नि:शुल्क उपलब्ध गराइएको संस्थाका अध्यक्ष छविलाल खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०८१/८२ मा दुई हजार १४१ जनाले रु नौ करोड २९ लाख ४२ हजार २८५ र आव २०८२/८३ मा तीन हजार ६४ जनाले रु १० करोड ५३ लाख ९६ हजार ६८७ बराबरको उपचार सुविधा पाएका थिए ।

सहकारीका शेयर सदस्यले मात्र सहभागी हुन पाउने यस कार्यक्रममा वार्षिक रु तीन हजार ४७५ शुल्क बुझाएपछि संस्थाले ‘स्मार्ट कार्ड’ उपलब्ध गराउने गरेको छ । सोही कार्डका आधारमा सूचीकृत अस्पतालबाट नि:शुल्क उपचार सेवा लिन सकिने व्यवस्था छ । कार्यक्रमअन्तर्गत क्यान्सर, मुटु र मिर्गौलाजस्ता जटिल रोगको उपचार, दुर्घटनामा परी शल्यक्रिया गर्नुपर्ने अवस्था तथा अस्पताल भर्ना हुनुपर्ने सदस्यले रु १० लाखसम्मको उपचार सुविधा पाउने संस्थाले जनाएको छ ।

कार्यक्रमबाट पछिल्लो दुई वर्षमा एक हजार ६३ जनाले शल्यक्रियाका लागि र ५७५ जनाले क्यान्सर उपचारका लागि सहयोग प्राप्त गरेका छन् । उपचार प्रक्रियालाई सहज बनाउन संस्थाले सूचीकृत अस्पतालमा आफ्ना कर्मचारी परिचालन गरी ‘हेल्प डेस्क’समेत सञ्चालन गर्दै आएको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले बताउनुभयो ।

उहाँका अनुसार कोशी प्रदेशका बिएन्डसी, बिर्तासिटी, मनमोहन, ओमसाई पाथीभरा, नोबेल र विराट मेडिकल कलेज तथा काठमाडौँका नर्भिक, ग्रान्डी र वीर अस्पताल एवं भारतका राजीव गान्धी क्यान्सर अस्पताल र मेदान्तलगायत ३४ भन्दा बढी अस्पतालसँग सहकार्य गरी सदस्यलाई उपचार सेवा उपलब्ध गराइँदै आएको छ ।

सदस्य सङ्ख्या र कारोबारका आधारमा मुलुककै ठूलो सहकारीका रूपमा परिचित संस्थामा हाल एक लाख ९९ हजार १९७ शेयर सदस्य आबद्ध छन् । संस्थाको शेयर पुँजी रु एक अर्ब ७० करोड ५५ लाख २४ हजार ८०० पुगेको छ ।

नेपाली सेना र नेपाल प्रहरीका कल्याणकारी कोषबाट सैनिक तथा प्रहरी कर्मचारीले बिरामी वा दुर्घटनामा पर्दा नि:शुल्क उपचार सुविधा पाउने व्यवस्थाबाट प्रेरित भई २०६७ सालमा ‘जीवन वरदान’ कार्यक्रमको परिकल्पना गरिएको कार्यकारी प्रमुख गिरीले बताउनुभयो ।

कार्यक्रम सुरु भएको वर्ष ३५० जना शेयर सदस्य आबद्ध भएका थिए । सुरुमा बिरामी सदस्यलाई रु १० हजारसम्म उपचार सहयोग उपलब्ध गराउँदै आएको संस्थाले २०७० सालदेखि मुटु, मिर्गौला र क्यान्सरका बिरामीलाई समेत उपचार सहयोग दिन थालेको उहाँले जानकारी दिनुभयो । उपचार सहयोगका लागि संस्थाले छुट्टै स्वास्थ्य कोषको व्यवस्था गरेको छ ।

  • काठमाडौँ
  • झापा
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    समयमै आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने

  • Post Thumbnail

    पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

  • Post Thumbnail

    नि:शुल्क आँखा शिविरबाट चारसय जना लाभान्वित

  • Post Thumbnail

    प्रसौनी शिविरबाट ३४६ जना लाभान्वित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपाल–भारतका धार्मिकस्थल जोडी बनाएका परिपथमार्फत धार्मिक पर्यटन प्रवर्द्धनको माग

    Post Thumbnail

    चोरीको माइक्रोबससहित दुई जना पक्राउ

    Post Thumbnail

    भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

    ‘असार मसान्तभित्र चुहार पुल बन्ने’

    ‘असार मसान्तभित्र चुहार पुल बन्ने’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution