Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कञ्चनपुर

कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

सुदूरपश्चिमको अन्नभण्डार मानिने कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि भएको छ ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (५७ मिनेट अघि)
Post Thumbnail

कञ्चनपुर, ५ मङ्सिर : सुदूरपश्चिमको अन्नभण्डार मानिने कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि भएको छ ।

यहाँस्थित कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउँदले कञ्चनपुरमा यस वर्ष १ दशमलव १९ प्रतिशतले धानको उत्पादकत्वमा वृद्धि भएको बताउनुभयो । “यस वर्ष मौसम अनुकूल हु्नु,उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो”, उहाँले भन्नुभयो, यस वर्ष दुई लाख छ हजार १०८ मेट्रिकटन धान उत्पादन भएको छ ।”

गत वर्ष धानको उत्पादकत्व ० दशमलव २ ले बढेको थियो । गत वर्ष धानको उत्पादकत्व ४ दशमलव २ प्रति हेक्टर रहेकोमा यस वर्ष उत्पादकत्व वृद्धि भएर ४ दशमलव २५ पुगेको उहाँले बताउनुभयो । गत वर्ष दुई लाख तीन हजार ६८३ मेट्रिकटन धान उत्पादन भएको थियो । त्यसअघि कञ्चनपुरमा धानको उत्पादन एक लाख ९३ हजार ९८४ मेट्रिकटन रहेको थियो । कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

कृषि ज्ञान केन्द्रले हरेक वर्ष सिँचाइ सुविधा विस्तार गर्दै गएकाले पनि उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्रको भनाइ छ । “यहाँ हरेक वर्ष किसानका लागि उन्नत जाँतको बीउ अनुदानमा उपलब्ध हुँदै आएको छ ।” उहाँले भन्नुभयो, “सिञ्चित क्षेत्र पनि हरेक वर्ष विस्तार हुँदै गएको छ ।”

ज्ञान केन्द्रबाट किसानका लागि हरेक वर्ष साना सिचाँइ (ट्युबेल) जडान गरी सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । “बितेको वर्ष किसानलाई ७५० वटा बोरिङ उपलब्ध गराएको मा यस वर्ष ४९५ बोरिङ सिँचाइका लागि उपलब्ध छ ।” साउदले भन्नुभयो, “जसका कारण यहाँ धान उत्पादनमा वृद्धि हुँदै गएको छ ।” उहाँले आधुनिक कृषियन्त्रका कारण पनि उत्पादनमा वृद्धि भएको बताउनुभयो । ज्ञान केन्द्रले किसानलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र साना सिँचाइ (ट्युबेल) उपलब्ध गराउँदै आएको छ ।

जिल्लामा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा उपलब्ध हँुदै आएको छ । कञ्चनपुरमा हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ ।

  • कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुव्र्यवहार हुने गरेको गुनासो

    जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुव्र्यवहार हुने गरेको गुनासो

  • Post Thumbnail

    दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

  • सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

    सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

  • Post Thumbnail

    विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    संविधानको व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : संयोजक दाहाल

    संविधानको व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : संयोजक दाहाल

    खहरेमा पुल निर्माण सुरु

    खहरेमा पुल निर्माण सुरु

    Post Thumbnail

    गुल्मीमा लोप हुँदै परम्परागत काठका कोल

    Post Thumbnail

    कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution