Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुव्र्यवहार हुने गरेको गुनासो

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि आयोजित नागरिक सुनुवाइमा जेब्रा क्रसिङमा सवारीसाधन नरोक्ने, सार्वजनिक यातायातमा महिला यात्रुमाथि दुव्र्यवहार हुने तथा विद्यालय क्षेत्रमा ध्वनि प्रदूषण हुने गरी मोटरसाइकल चलाउने गरिएको गुनासो गरिएको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (१ घण्टा अघि)
जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुव्र्यवहार हुने गरेको गुनासो

काठमाडौँ, ५ मङ्सिरः काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि आयोजित नागरिक सुनुवाइमा जेब्रा क्रसिङमा सवारीसाधन नरोक्ने, सार्वजनिक यातायातमा महिला यात्रुमाथि दुव्र्यवहार हुने तथा विद्यालय क्षेत्रमा ध्वनि प्रदूषण हुने गरी मोटरसाइकल चलाउने गरिएको गुनासो गरिएको छ ।

ट्राफिक प्रहरी प्रभाग गौशाला र काठमाडौँ महानगरपालिका वडा नं. ९ को संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित नागरिक सुनुवाइमा स्थानीयवासी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिले ट्राफिक व्यवस्थापनमा देखिएका समस्या उठाउँदै सुधारका लागि सुझाव दिएका हुन् ।

उनीहरूले निर्धारित स्थानबाहिर यात्रु चढाउने र ओराल्ने प्रवृत्ति पनि नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।

नागरिकका गुनासा तथा जिज्ञासाको जवाफ दिँदै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ट्राफिक व्यवस्थापनका समस्या समाधान गर्न प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले तत्काल सम्बोधन गर्न सकिने गुनासा कार्यान्वयनमा लैजाने र समय लाग्ने विषयलाई योजनाबद्ध रूपमा समाधान गरिने जानकारी दिनुभयो ।

सार्वजनिक यातायातमा महिला यात्रुमाथि दुव्र्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने उल्लेख गर्दै उहाँले यात्रुको सुरक्षा र सम्मान सुनिश्चित गर्नु ट्राफिक प्रहरीको प्राथमिकता रहेको बताउनुभयो ।

उपत्यकाको सवारी आवागमन सहज र सुरक्षित बनाउन एकीकृत स्मार्ट ट्राफिक व्यवस्थापन प्रणाली लागू गर्ने विषयमा अध्ययन तथा समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । उक्त प्रणाली कार्यान्वयनमा आएपछि कृत्रिम बौद्धिकता (एआई) मा आधारित क्यामेराबाट सवारी आवागमनको निगरानी तथा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिने उहाँको भनाइ थियो ।

ध्वनि प्रदूषण नियन्त्रण अभियानअन्तर्गत चर्को आवाज निकाल्ने र मापदण्डविपरीत स्वरूप परिवर्तन गरिएका सवारीसाधन नियन्त्रणमा लिएर कारबाही भइरहेको पनि उहाँले बताउनुभयो ।

गौशाला, चाबहिल, विमानस्थल, तीनकुने र जयबागेश्वरी क्षेत्रमा देखिएका अव्यवस्थित पार्किङ तथा ट्राफिक चिह्नसम्बन्धी समस्या समाधान गर्न मातहतका निकायलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष विमलकुमार हाडा र वडा नं. ८ का वडाध्यक्ष आशामान सङ्गतले आ–आफ्नो वडाको ट्राफिक व्यवस्थापन सुधारका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, ट्राफिक प्रहरी अधिकारी, वडा कार्यालयका कर्मचारी, विद्यालयका विद्यार्थी, स्थानीयवासी तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

  • Post Thumbnail

    दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

  • सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

    सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

  • Post Thumbnail

    विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    संविधानको व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : संयोजक दाहाल

    संविधानको व्यवस्था गरेअनुसार आगामी निर्वाचनको मिति सर्वदलीय बैठकले टुङ्ग्याउँछ : संयोजक दाहाल

    खहरेमा पुल निर्माण सुरु

    खहरेमा पुल निर्माण सुरु

    Post Thumbnail

    गुल्मीमा लोप हुँदै परम्परागत काठका कोल

    Post Thumbnail

    कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution