Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सके निको हुने सम्भावना बढ्ने भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।
रासस ४७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (२६ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, ५ मङ्सिरः स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सके निको हुने सम्भावना बढ्ने भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।

महिलामा देखिने प्रमुख क्यान्सरमध्ये स्तन क्यान्सर पनि एक हो । अन्तरराष्ट्रिय क्यान्सर अनुसन्धान संस्था (आईएआरसी) को ग्लोबोक्यान २०२४ प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर दुई लाख ४३ हजार ४०८ होइन, २४ लाख ३४ हजार ८७ जनामा नयाँ स्तन क्यान्सर देखिएको अनुमान छ । सोही वर्ष यसका कारण छ लाख ९३ हजार ६६० जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार नेपालमा सन् २०२४ मा एक हजार ७४६ जनामा नयाँ स्तन क्यान्सर देखिएको र ७५० जनाको मृत्यु भएको अनुमान छ ।

क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले स्तनमा गाँठो आउनु, घाउ देखिनु, मुन्टोबाट रगत वा अन्य तरल पदार्थ निस्कनु तथा छालामा सुन्तलाको बोक्राजस्तो परिवर्तन देखिनुलाई बेवास्ता गर्न नहुने बताउनुभयो । यस्ता लक्षण देखिएमा घरेलु उपचारमा मात्र निर्भर नभई स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनुपर्ने उहाँको सुझाव छ ।

महिलाले आफ्नो स्तनको सामान्य आकार र बनावटबारे जानकारी राख्नुपर्छ । कुनै असामान्य परिवर्तन देखिएमा समयमै परीक्षण गराउनुपर्छ ।

स्वयं स्तन परीक्षण स्तनमा देखिने असामान्य परिवर्तन पहिचान गर्ने सहज विधि भएको डा शाहीले बताउनुभयो । उहाँका अनुसार १९ वर्ष उमेर पुगेपछि महिलाले महिनावारी भएको सातदेखि १० दिनभित्र नियमित रूपमा आफ्नो स्तन परीक्षण गर्नुपर्छ । महिनावारी बन्द भएका तथा गर्भवती महिलाले पनि नियमित रूपमा स्तनको आकार, स्वरूप र बनावटमा आएको परिवर्तनबारे सचेत रहनुपर्छ ।

स्तन क्यान्सर पहिचानका लागि चिकित्सकीय स्तन परीक्षण, अल्ट्रासाउन्ड, म्यामोग्राफी तथा आवश्यकताअनुसार बायोप्सी गरिन्छ । स्तन क्यान्सर महिला र पुरुष दुवैलाई हुन सक्छ । जीवनशैलीमा आएको परिवर्तन, मोटोपना, मद्यपान तथा धूमपान, शारीरिक निष्क्रियता र अस्वस्थ खानपान यसका सम्भावित जोखिम कारक हुन् । स्तनपान नगराउनुलाई पनि जोखिमसँग जोडिएको छ ।

स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पहिचान भए उपचार प्रभावकारी हुने भएकाले लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य परीक्षण गराउनुपर्ने डा शाहीले बताउनुभयो ।

स्तन क्यान्सरका सम्भावित लक्षणमा स्तन वा काखीमुनि नदुख्ने गाँठो आउनु, स्तनको आकार परिवर्तन हुनु, मुन्टो भित्र धसिनु, मुन्टोबाट पीप, रगत वा पानीजस्तो तरल पदार्थ निस्कनु, स्तन दुख्नु वा सुन्निनु तथा छालामा निको नहुने घाउ आउनु र सुन्तलाको बोक्राजस्तो देखिनु रहेका छन् ।

स्तन क्यान्सरको जोखिम घटाउन धूमपान तथा मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने, तौल सन्तुलित राख्ने, पोषणयुक्त खाना खाने र स्तनको नियमित परीक्षण गर्ने गर्नुपर्छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

  • Post Thumbnail

    कात्तिकमा ७० लाखको सामान बरामद

  • Post Thumbnail

    भक्तपुर अस्पतालको सेवा खस्किदै गएकामा चिन्ता

  • Post Thumbnail

    भन्सार छलीका नौ लाख बराबरका सामान बरामद

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

    Post Thumbnail

    स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

    Post Thumbnail

    कमला पुल सञ्चालनको तयारी अन्तिम चरणमा

    डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

    डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution