Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ५, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ गतेदेखि प्रारम्भ हुने भारत भ्रमण सफल र उपलब्धिमूलक बनाउन राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ५, शनिबार (३० मिनेट अघि)
Post Thumbnail

ललितपुर, ५ मङ्सिरः नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ गतेदेखि प्रारम्भ हुने भारत भ्रमण सफल र उपलब्धिमूलक बनाउन राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै दुई राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपालको सर्वोत्तम राष्ट्रिय हितमा भ्रमण उपयोगी हुनुपर्ने बताउनुभएको छ ।

सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने उद्देश्यले विषयविज्ञको सहभागितामा विशेष आन्तरिक विमर्श गरेको उल्लेख छ ।

जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा छलफल गरिएको कांग्रेसले जनाएको छ ।

नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौमिक समानता र राष्ट्रिय हितका आधारमा सुदृढ बनाउन कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै वक्तव्यमा दुई देशबीचको सम्बन्धका सम्भावना, अवसर र व्यावहारिक जटिलताबारे पार्टीसँग लामो संस्थागत अनुभव र स्पष्ट बुझाइ रहेको जनाइएको छ ।

प्रधानमन्त्री राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लाग्नुभएको उल्लेख गर्दै कांग्रेसले राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी निर्माण हुन सके अन्तरराष्ट्रिय मञ्चमा नेपालको अडान बलियो हुने जनाएको छ ।

नेपालको राष्ट्रिय हित र मित्रराष्ट्र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता स्पष्ट र अटल रहेको कांग्रेसको भनाइ छ ।

कांग्रेसले विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको ठोस समाधान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माणमा भ्रमण केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।

वरिष्ठ उपसभापति शर्माले प्रधानमन्त्री शाहको भ्रमणको पूर्ण सफलताको कामना गर्दै भ्रमणको सफलतासँग नेपालको सफलता जोडिएको उल्लेख गर्नुभएको छ ।

  • नेपाली कांग्रेस
  • ललितपुर
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

  • Post Thumbnail

    चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

  • नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

    नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

  • Post Thumbnail

    शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

    Post Thumbnail

    प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

    Post Thumbnail

    बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

    Post Thumbnail

    विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution