
वीरगन्ज (पर्सा), ४ मङ्सिर: प्रहरीले नौ लाख ७६ हजार ८३० बराबरका खाद्यान्न तथा कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज महानगरपालिका-१६ ईनर्वागाउँस्थित भारतबाट भन्सार छलेर चोरी पैठारी गरी भित्राइएका रु नौ लाख ५३ हजार ३४५ बराबरका विभिन्न किसिमका लत्ताकपडा बरामद गरिएको हो ।
त्यसैगरी वीरगन्ज-१६ रजतजयन्ती चोकबाट भन्सार छली गरी ल्याउँदै गरिएको रु २३ हजार ४८५ बराबरका तरकारी तथा मालबस्तु पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिइएका सामान कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |