Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनगढी

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्थानीय स्रोतसाधनको उपयोगबाट प्रदेशको आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (२ दिन अघि)
‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

धनगढी, ४ मङ्सिरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्थानीय स्रोतसाधनको उपयोगबाट प्रदेशको आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ ।

प्रदेश नीति तथा योजना आयोगले आज धनगढीमा आयोजना गरेको विकास साझेदार संस्थाहरूसँगको अन्तरक्रियामा उहाँले उपलब्ध स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरी आर्थिक उपार्जन र रोजगारी सिर्जना गर्नु प्रदेश सरकारको नीति तथा प्राथमिकता रहेको बताउनुभयो ।

उहाँले स्पष्ट विकास लक्ष्य, दृढ इच्छाशक्ति र उपयुक्त दृष्टिकोणका साथ अघि बढे प्रदेशको समृद्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।

मुख्यमन्त्री भट्टले उद्यमशीलता र नवप्रवर्तनसम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न विकास साझेदार संस्थाहरूको सहयोग आवश्यक रहेको बताउनुभयो । विशेषगरी पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ रोक्न, विपद्का जोखिम न्यूनीकरण तथा पूर्वतयारी गर्न र स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री भट्टले अर्थतन्त्रको सबलीकरण अहिलेको आवश्यकता भएको उल्लेख गर्दै त्यसबाट मात्रै विद्यमान समस्या समाधान गर्न सकिने बताउनुभयो । प्रदेश सरकार विकासका गतिविधिमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदारसँग सहकार्य र समन्वय गर्न तयार रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्टले प्रदेश सरकारका विकास प्राथमिकतामा लगानी साझेदारी गर्न विकास साझेदार संस्थाहरूलाई आग्रह गर्नुभयो । त्यसका लागि आवश्यक नीतिगत, कानुनीलगायतका विषयमा आयोगले सहजीकरण र समन्वय गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा आयोगका सदस्य हिरा चन्दसहित प्रदेशका विभिन्न क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

  • धनगढी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    चोरीको माइक्रोबससहित दुई जना पक्राउ

  • ‘असार मसान्तभित्र चुहार पुल बन्ने’

    ‘असार मसान्तभित्र चुहार पुल बन्ने’

  • Post Thumbnail

    विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनःनिर्माण गर्नुपर्ने

  • Post Thumbnail

    कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नेपाल–भारतका धार्मिकस्थल जोडी बनाएका परिपथमार्फत धार्मिक पर्यटन प्रवर्द्धनको माग

    Post Thumbnail

    चोरीको माइक्रोबससहित दुई जना पक्राउ

    Post Thumbnail

    भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

    ‘असार मसान्तभित्र चुहार पुल बन्ने’

    ‘असार मसान्तभित्र चुहार पुल बन्ने’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution