
वीरगञ्ज (पर्सा), ३ मङ्सिरः यौनजन्य हिंसा न्यूनीकरणका लागि पर्साका चार विद्यालयका ३०२ विद्यार्थीलाई सचेतनामूलक कक्षा सञ्चालन गरिएको छ ।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको तीनदिने अभियानअन्तर्गत बुधबार दोस्रो दिन विद्यार्थीलाई सचेतना कक्षा दिइएको हो ।
कक्षामा काबेरी एकेडेमीका १००, जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियाका ६४, मुखदेव सुशीला प्राविधिक माध्यमिक विद्यालय बहुदरमाईका ६० र मङ्गल माध्यमिक विद्यालय छिपहरमाईका ८० विद्यार्थी सहभागी भएका थिए ।
अभियानको पहिलो दिन मङ्गलबार घण्टाघरबाट निकालिएको सचेतनामूलक ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । मधेस प्रदेशका विभिन्न जिल्लामा यौनजन्य हिंसाका घटना बढ्दै गएको देखिएपछि प्रहरी प्रधान कार्यालयको परिपत्रअनुसार अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँले यस्ता अपराध नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै नागरिक समाज, सङ्घसंस्था तथा सबै सरोकारवालासँग सहकार्य र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |