Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता

नेपाल र भारतले संयुक्तरूपमा जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली क्षेत्रको संरक्षण तथा जैविक विविधता जोगाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर २, बुधबार (३ घण्टा अघि)
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ, २ मङ्सिरः नेपाल र भारतले संयुक्तरूपमा जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली क्षेत्रको संरक्षण तथा जैविक विविधता जोगाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीको अन्ताल्यामा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवबीच भएको द्विपक्षीय भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो ।

भेटमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जोखिम, विपद् व्यवस्थापन, वन संरक्षण, जलवायु वित्त तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । त्यसअवसरमा नेपालले हिमालय क्षेत्रसम्बन्धी कार्ययोजना र स्थायी एजेन्डा कोप–३१ को निर्णयमा समावेश गर्न भारतको समर्थन माग गरेको थियो । साथै, जलवायु विज्ञान, पूर्वसूचना प्रणाली, अनुकूलन र वित्तीय सहयोगमा सहकार्य विस्तार गर्न मन्त्री चौधरीले आग्रह गर्नुभएको थियो ।

उहाँले जलवायुजन्य हानि तथा नोक्सानीसम्बन्धी कोषबाट प्रभावित देशलाई शीघ्र सहयोग उपलब्ध गराउने संयन्त्र स्थापना गर्न पनि भारतको समर्थन माग गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाको ८१औँ अधिवेशनमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सन् २०२६ को सेप्टेम्बरमा औपचारिक रूपमा प्रस्ताव गर्नुभएको ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्ने प्रस्तावलाई कार्यान्वयनमा ल्याउन भारतको सहयोग र समर्थनका लागि आग्रह गरिएको थियो । भेटमा अवैध वन्यजन्तु व्यापार तथा चोरीसिकार नियन्त्रण, सीमापार वन्यजन्तु आवागमन क्षेत्रको संरक्षण र दिगो वन व्यवस्थापनमा प्राविधिक सहयोग तथा ज्ञान आदानप्रदान बढाउने विषयमा समेत छलफल भएको थियो ।

मन्त्री चौधरीले आगामी वर्ष आयोजना हुने दोस्रो सगरमाथा संवादमा सहभागी हुन भारतीय मन्त्रीलाई निमन्त्रणा दिनुभएको थियो । भारतीय मन्त्री यादवले सो संवादमा आउने विषयमा आफू सकारात्मक रहेको बताउनुभएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । दुवै पक्षले जलवायु परिवर्तनका साझा चुनौती सामना गर्न क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    मन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेट

  • Post Thumbnail

    कार्कीको रिटमा सर्वाेच्चद्वारा कारण देखाउ आदेश जारी

  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

    प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

  • सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति

    सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    Post Thumbnail

    धनगढीमा खाना महोत्सव

    Post Thumbnail

    वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गरौँः मुख्यमन्त्री शाही

    मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

    मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution