Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर २, बुधबार (१८ मिनेट अघि)
Post Thumbnail

चितवन, २ मङ्सिरः चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।

दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोहीलगायतका जनावार हेर्ने मोह बढ्सँगै पर्यटकको सङ्ख्या पनि बढ्दै गएको हो । पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका नेपाली फर्कने र घुम्ने प्रचलन बढ्दै जानु, विदेशी पर्यटकको आकर्षण बढ्नुले पनि पर्यटकको सङ्ख्या बढेको हो ।

गत वर्षको चार महिनाको तुलनामा यस वर्ष १६ हजार २१२ जना पर्यटक बढेका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनयता ८४ हजार ५४ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

जसमध्ये नेपाली ४५ हजार ३६८, सार्क मुलुकका तीन हजार ७८७ जना र तेस्रो मुलुकका ३४ हजार ८९९ जना पर्यटकले निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनको भ्रमण गरेका छन् । गत आर्थिक वर्षको सोही समयमा निकुञ्ज भ्रमण गर्न आउने पर्यटकको सङ्ख्या ६७ हजार ८४२ जना रहेको थियो ।

सो अवधिमा नेपाली ३९ हजार ७०४ जना, सार्क मुलुकका तीन हजार ३५२ जना र तेस्रो मुलुकका २४ हजार ७८६ जना रहेको तिवारीले बताउनुभयो । गत आर्थिक वर्ष भरमा दुई लाख ७२ हजार ९२३ जनाले निकुञ्ज भ्रमण गरेका थिए ।

निकुञ्जले यस आर्थिक वर्षको चार महिनामा रु १० करोड छ लाख चार हजार ३०६ राजस्व सङ्कलन गरेको छ । विभिन्न शीर्षकमा राजस्व सङ्कलन भएको हो । जसमध्ये सबैभन्दा बढी पर्यापर्याटनबाट प्राप्त राजस्व रु नौ करोड ७३ लाख १६ हजार ५०० रहेको छ ।

यस्तै काठ र दाउरा बिक्रीबापत रु २८ हजार ६५५, गैरकाष्ठ वन पैदावार बिक्रीबापत रु १८ लाख १३ हजार १८१, दण्ड सजायबाट प्राप्त राजस्व रु दुई लाख १३ हजार ३०० र अन्य शीर्षकबाट प्राप्त राजस्व (बेरुजुसमेत) को रु १२ लाख ३२ हजार ७०० सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा रु ३१ करोड एक लाख ६४ हजार ५५१ राजस्व जम्मा भएको थियो ।

  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    आज धातृ नवमीः मिथिला क्षेत्रमा सम्पन्न

  • Post Thumbnail

    विशेष अदालतमा आरोपपत्र दायर

  • Post Thumbnail

    म्याग्दीमा पर्यटन पूर्वाधारका २४ योजनालाई एक करोड ७५ लाख बजेट

  • पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

    पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आज धातृ नवमीः मिथिला क्षेत्रमा सम्पन्न

    Post Thumbnail

    निकुञ्ज घुम्ने पर्यटक बढे

    Post Thumbnail

    विशेष अदालतमा आरोपपत्र दायर

    Post Thumbnail

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षेत्रीय सहकार्यमा जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution