Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

म्याग्दीमा पर्यटन पूर्वाधारका २४ योजनालाई एक करोड ७५ लाख बजेट

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ मा म्याग्दीका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलमा पूर्वाधार निर्माणका लागि २४ वटा योजनामा रु एक करोड ७५ लाख बजेट विनियोजन गरेको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर २, बुधबार (३० मिनेट अघि)
Post Thumbnail

म्याग्दी, २ मङ्सिरः गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ मा म्याग्दीका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलमा पूर्वाधार निर्माणका लागि २४ वटा योजनामा रु एक करोड ७५ लाख बजेट विनियोजन गरेको छ ।

एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने पदमार्ग, पर्यटनस्थल तथा धार्मिकस्थलको पूर्वाधार विकाससम्बन्धी योजनाका लागि उक्त बजेट विनियोजन गरिएको हो । कार्यालय प्रमुख मिता थापामगरका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका पर्यटकीय तथा धार्मिक गन्तव्यमा पहुँच विस्तार, पदमार्ग निर्माण र आवश्यक भौतिक पूर्वाधार विकास गर्न बजेट छुट्याइएको हो ।

मालिका गाउँपालिकामा प्रभुचेला ध्यानाश्रमको भौतिक पूर्वाधार निर्माण, बराह ताल तथा बराही मन्दिर क्षेत्रमा पार्क निर्माण, मालिका धुरी पदमार्ग र अर्कलादेखि बाइन्दफाँट–बराहताल पदमार्गका लागि रु १० लाखका दरले बजेट विनियोजन भएको छ । लामखोरिया–डाँडागाउँ र रुम गाउँ पदमार्ग निर्माणका लागि रु पाँच लाखका दरले बजेट छुट्याइएको छ ।

धवलागिरि गाउँपालिकामा मुना बस्ती, पन्थोक बस्ती र खिवाङ–भदौरे धुरी पदमार्ग निर्माणका लागि रु १० लाखका दरले बजेट विनियोजन भएको छ ।

रघुगङ्गा गाउँपालिकामा दोभान–नागी–देवीस्थान पदमार्गका लागि रु १० लाख तथा माइथानदेखि ओडारे, मुलपानी टोल, दिङ पुलदेखि मल्लाको पाखो हुँदै दुलेपानी र रावलखेत हुँदै राममन्दिरसम्मका पदमार्ग निर्माणका लागि रु पाँच लाखका दरले बजेट छुट्याइएको छ ।

अन्नपूर्ण गाउँपालिकामा अन्नपूर्ण आधार शिविरको पूर्वाधार, मौरिस हर्जोग पदमार्ग तथा अन्धगल्छी–रुप्से झरना–मतिचौर–भुरुङ हुँदै धौलागिरि आइसफल जाने पदमार्ग निर्माणका लागि रु १० लाखका दरले बजेट विनियोजन भएको छ । घोरेपानी–पुनहिल पर्यटन पूर्वाधार विकासका लागि रु १० लाख र उपल्लो खोरे–पञ्चौलीडाँडा पदमार्ग निर्माणका लागि रु पाँच लाख छुट्याइएको छ ।

मङ्गला गाउँपालिकामा सिमलचौर–लामोछहरा–टोड्के पदमार्ग निर्माणका लागि रु १० लाख तथा उपल्लो बुकेनी–खरबाने–ससधारा–गम्फा र कुहुँ गाउँ पदमार्ग निर्माणका लागि रु पाँच लाखका दरले बजेट विनियोजन भएको छ ।

बेनी नगरपालिकामा पात्लेखेत–भण्डारीगाउँ–ओल्वोड–ओखरबोट, पाखाथर–उपल्लोथर–चुच्चेढुङ्गा हुँदै खड्का भगवती र धिमिलाथरदेखि मोटरबाटोसम्म पदमार्ग निर्माणका लागि रु पाँच लाखका दरले बजेट छुट्याइएको छ ।

एकीकृत सेवा कार्यालयका इञ्जिनियर सुमन बोगटीका अनुसार बजेट विनियोजन भएका योजना अहिले सर्वेक्षण तथा सम्झौताको चरणमा छन् । स्थलगत सर्वेक्षण र लागत अनुमान तयार गरी आवश्यक प्रक्रिया पूरा गरेर योजना कार्यान्वयनमा लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो ।

योजना सम्पन्न भएपछि जिल्लाका पर्यटकीय तथा धार्मिकस्थलसम्म पुग्न सहज हुनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन र ग्रामीण क्षेत्रको आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कार्यालयमार्फत गत आर्थिक वर्ष २०८२÷८३मा पनि म्याग्दीका २४ वटा पर्यटन पूर्वाधारसम्बन्धी योजनाका लागि रु एक करोड ४० लाख विनियोजन भएको थियो । तीमध्ये रु एक करोड १० लाखका १९ वटा योजना सम्पन्न भएका थिए भने प्रतिकूल भूगोल, मौसमलगायत कारणले रु ३० लाखका पाँचवटा योजना कार्यान्वयन हुन नसकेको इञ्जिनियर बोगटीले जानकारी दिनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष सम्पन्न योजनामार्फत जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रमा चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण गरिएको थियो । पदमार्गसँगै विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायत पूर्वाधार पनि निर्माण गरिएका थिए ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

    पहराको काखमा आस्था र संस्कृतिको उज्यालोः गङ्गाजमुना माई मेला

  • Post Thumbnail

    त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

  • Post Thumbnail

    विपद्बाट क्षतिग्रस्त निजी आवास सर्वेक्षण प्रभावित

  • मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

    मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेट

    Post Thumbnail

    पृथ्वीनारायण क्याम्पसलाई रूपान्तरण गर्ने तयारी

    Post Thumbnail

    म्याग्दीमा पर्यटन पूर्वाधारका २४ योजनालाई एक करोड ७५ लाख बजेट

    Post Thumbnail

    कार्कीको रिटमा सर्वाेच्चद्वारा कारण देखाउ आदेश जारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution