
काठमाडौँ, २ मङ्सिरः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ रहेको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
विमानस्थल प्रहरी सुरक्षा कार्यालयका अनुसार आज बिहान १ः२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौँ आएका वाङलाई शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
उनले मलद्वारभित्र सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित प्लास्टिकले बेरेर उक्त पदार्थ लुकाइछिपाइ ल्याएको फेला पारेपछि निजलाई प्रहरीले नियन्त्रण लिएको थियो ।
पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको सहप्रवक्ता नेउपानेले बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |