Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

विपद्बाट क्षतिग्रस्त निजी आवास सर्वेक्षण प्रभावित

‘एप्लिकेसन’ नचल्दा यस वर्षको मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि सर्वेक्षण गर्ने काम प्रभावित भएको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर २, बुधबार (३१ मिनेट अघि)
Post Thumbnail

म्याग्दी, २ मङ्सिरः ‘एप्लिकेसन’ नचल्दा यस वर्षको मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि सर्वेक्षण गर्ने काम प्रभावित भएको छ ।

सरकारको ‘विपद् एसिसमेन्ट टुल्स’ (ब्याट) नचलेका कारण क्षतिग्रस्त निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सर्वेक्षणको काम अघि बढ्न नसकेको हो । बेनी नगरपालिकाको विपद् सम्पर्क व्यक्ति बिष्णु पौडेलले स्थलगत रुपमा प्रभावित ठाउँमा पुगेर विवरण भर्न प्रयोग हुने एप्लिकेसन नचलेका कारण प्राविधिकहरुलाई खटाउन नपाएको बताउनुभयो ।

“विपद्बाट क्षति पुगेका संरचना भएकै ठाउँमा पुगेर जिपिएस डाटा सहितका विवरण र तस्विर अपलोड गर्नका लागि एप्लिकेसन आवश्यक पर्छ”, उहाँले बताउनुभयो, “एप्लिकेसन सञ्चालन हुनासाथ प्राविधिक जनशक्ति परिचालन गर्न तयार छौँ ।”

जिल्ला विपद् व्यवस्थापन समितिले गत कात्तिक १३ गते आगामी २०८४ जेठ १५ गतेसम्म निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तयार गरेको १२ बुँदे कार्ययोजनाअनुसार तिहार अघिनै सर्वेक्षण सुरु गर्नुपर्ने थियो ।

देशभरका सरकारी वेभसाइटहरुसँगै विपद् व्यवस्थापनसम्बन्धी एप्लिकेसनमा पनि प्राविधिक समस्या आएको हो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव पोख्रेलले निजी आवासको क्षतिको मुल्याङ्कन र लाभग्राही पहिचानको प्रक्रिया अघि बढाउन एप्लिकेसन आवश्यक पर्ने बताउनुभयो ।

सरकारले असोज २१ गते म्याग्दीका बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । म्याग्दीका विपद् प्रभावितले निजी आवास पुनर्निर्माणका लागि रु पाँच लाख अनुदान पाउने कार्यविधि छ ।

मनसुनजन्य विपद्बाट म्याग्दीमा यस वर्ष १० जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । जिल्लाभर २४३ घर पूर्ण र १८४ घरको आंशिक क्षति भएको विवरण प्रहरीले सङ्कलन गरेको छ ।

३६२ घर बाढी, पहिरो र कटानका कारण जोखिममा परेका छन् । त्यस्तै ३४ गोठ पूर्ण र ४६ वटामा आंशिक क्षति पुगेको छ । विपद् प्रभावित क्षेत्रका १३ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेले एप्लिकेसनमा देखिएको समस्या समाधानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा जानकारी गराइएको बताउनुभयो ।

विपद् व्यवस्थापनका लागि देशभरको साझा समस्या भएकाले सरकारले समाधानका लागि गरेका कामबाट छिट्टै परिणाम आउने प्रजिअ गैरेले विश्वास व्यक्त गर्नुभयो ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

  • मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

    मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

  • Post Thumbnail

    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

  • Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

    Post Thumbnail

    विपद्बाट क्षतिग्रस्त निजी आवास सर्वेक्षण प्रभावित

    मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

    मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

    Post Thumbnail

    दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution