
बाँके, २ मङ्सिरः स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बाँकेमा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनको तयारी गरिएको छ ।
जिल्ला मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले जिल्लामा रहेका मतदानस्थल र मतदान केन्द्रको अवस्थाबारे सम्बन्धित स्थानीय तहका वडा कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख युवराज पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडास्तरमा पुनरावलोकनको काम सम्पन्न भएपछि जिल्ला तहमा प्रक्रिया अघि बढाइनेछ । वडास्तरीय पुनरावलोकन समितिले सिफारिस गरेका मतदानस्थल तथा मतदान केन्द्रलाई जिल्लास्तरीय समितिले अन्तिम टुङ्गो लगाउनेछ ।
बैठकमा जिल्ला निर्वाचन कार्यालयले जिल्लामा हाल कायम रहेका मतदानस्थल तथा मतदान केन्द्रको अवस्थाबारे प्रस्तुतीकरण गरेको थियो । बाँकेमा हाल १३९ मतदानस्थल र ४०० मतदान केन्द्र रहेका छन् । गत भदौ १५ सम्म जिल्लामा तीन लाख ५६ हजार ३९८ मतदाता रहेका छन् । तीमध्ये एक लाख ८१ हजार ३१८ पुरुष, एक लाख ७५ हजार ७० महिला र १० अन्य मतदाता छन् ।
समितिमा जिल्लामा सक्रिय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुख सदस्य रहेका छन् । बाँकेमा नेपालगन्ज उपमहानगरपालिकासहित आठ स्थानीय तह छन् ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |