Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर २, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा विवाहको उमेर १८ वर्ष कायम गर्न र बालविवाहलाई पुनःपरिभाषित गर्न सुझाव दिइएको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (१ दिन अघि)
Post Thumbnail

काठमाडौँ, १ मङ्सिरः मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकमा विवाहको उमेर १८ वर्ष कायम गर्न र बालविवाहलाई पुनःपरिभाषित गर्न सुझाव दिइएको छ ।

संविधानको मर्मअनुरूप कानुन निर्माण गर्न विवाहको उमेरसम्बन्धी व्यवस्था स्पष्ट बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । महिला, कानुन र विकास मञ्च र इक्विलिटी नाउले आज संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रियामा उक्त सुझाव दिइएको हो । कार्यक्रममा संविधानको मर्मअनुसार मुलुकी अपराध संहिता र बालबालिकासम्बन्धी ऐन, २०७५ बीच एकरूपता कायम गर्नुपर्ने विषय उठाइएको थियो ।

संविधानको धारा ३९ (५)ले बालबालिकाको हक सुरक्षित गरेको छ । तर मुलुकी अपराध संहिता र बालबालिकासम्बन्धी ऐनका केही व्यवस्था संविधानले सुनिश्चित गरेको बालअधिकारसँग बाझिएको मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताउनुभयो ।

“कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकमा बालविवाहलाई पुनःपरिभाषित र विवाहको उमेरमा पुनर्विचार गरिनुपर्छ । संविधानको मर्मसँग बाझिने गरी कानुन निर्माण हुन सक्दैन,” उहाँले भन्नुभयो ।

मन्त्रालयले प्रस्ताव गरेको मुलुकी अपराध संहिता संशोधन विधेयकको दफा १७३ मा २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था गरिएको छ । तर उपदफा २ (क)मा १८ वर्षभन्दा कम उमेरमा विवाह गरे वा गराएमा मात्र सजाय हुने व्यवस्था राखिएको छ । यसले विवाहको उमेर १८ वर्षभन्दा माथि रहेको अर्थ लाग्ने भएकाले कानुनी व्यवस्थामा स्पष्टता आवश्यक रहेको अधिवक्ता श्रेष्ठले सुनाउनुभयो । यस्ता कानुनी अस्पष्टता राख्नुभन्दा सर्वसाधारणले सहजै बुझ्न सक्ने स्पष्ट भाषामा कानुनको व्यवस्था गर्नु उपयुक्त हुनेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बालविवाह गरेका बालबालिकालाई नै कसूरदार ठहर गर्ने कानुनी व्यवस्थामा पनि सुधार गर्नुपर्ने सुझाव दिइएको थियो । उनीहरूलाई कसूरदार नभई पीडितका रूपमा हेर्नुपर्ने र बालविवाहका कारण उनीहरूमा पर्ने असर कम गर्न उपयुक्त व्यवस्था गर्नुपर्नेमा जोड दिइएको थियो ।

त्यस्तै, बालविवाह गरेका बालबालिकाको शिक्षा तथा समग्र विकासका अधिकार सुनिश्चित गर्न र बालबालिकाविरुद्धका कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक उपाय अवलम्बन गर्न सुझाव दिइएको थियो । कार्यक्रममा इक्विलिटी नाउकी दक्षिण एसिया सूचना अधिकृत आकांक्षा सक्सेनाले कानुन निर्माण र कार्यान्वयनले मात्र समाज परिवर्तन नहुने बताउनुभयो । समाज परिवर्तनका लागि चेतनाको स्तर अभिवृद्धि पनि उत्तिकै महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । अधिवक्ता दिद्वीक्षा सिंहले बालविवाहसम्बन्धी विभिन्न तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

  • काठमाडौँ
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    धनगढीमा खाना महोत्सव

  • Post Thumbnail

    वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गरौँः मुख्यमन्त्री शाही

  • मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

    मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

  • Post Thumbnail

    चोरीका गरगहना र नगदसहित पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

    Post Thumbnail

    धनगढीमा खाना महोत्सव

    Post Thumbnail

    वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गरौँः मुख्यमन्त्री शाही

    मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

    मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छः मन्त्री लम्साल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution