Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
लमजुङ

नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । आज लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र सेवा विस्तारलाई प्राथमिकता दिएको बताउनुभयो ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (३४ मिनेट अघि)
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

लमजुङ, ३० कात्तिक : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । आज लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र सेवा विस्तारलाई प्राथमिकता दिएको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारले विभिन्न जिल्लामा रहेका १४ वटा अस्पतालको स्तरोन्नति गरिरहेको छ । प्रदेशका अस्पतालमा उपलब्ध शय्या सङ्ख्या पहिलेको २५० बाट बढाएर हाल ८५० पुर्‍याइएको जनाउँदै उहाँले सोहीअनुसार स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति पनि थप गर्दै लगिएको उहाँले बताउनुभयो । आवश्यकताअनुसार करारमा कर्मचारी नियुक्त गरी सेवा विस्तार भइरहेको उल्लेख गर्दै उहाँले पहिलेको तुलनामा अहिले धेरै नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको बताउनुभयो ।

प्रदेश अस्पताल बेँसीसहरले धेरै नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले अस्पतालमा सिटी स्क्यान सेवा आवश्यक रहेको उल्लेख गर्नुभयो । सिटी स्क्यानलगायत अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने विषयमा प्रदेश सरकारले ध्यान दिने उहाँको भनाइ छ ।

आगामी बजेटमा सिटी स्क्यान सेवा विस्तारका लागि प्राथमिकता निर्धारण गर्दा लमजुङ अस्पताल अग्रपङ्तिमा राखिने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाउनुभयो । आगामी एक वर्षभित्र प्रदेश सरकारले पुन: बजेट निर्माण गर्ने अवसर पाउने भएकाले सो समयमा अस्पतालको आवश्यकता र नागरिकको चापलाई ध्यानमा राखेर आवश्यक बजेट व्यवस्थापनका लागि पहल गरिने उहाँले बताउनुभयो ।

प्रदेशमा डायलाइसिस सेवा लिन प्रतीक्षामा रहेका ८२१ जनाको सङ्ख्यालाई शून्यमा झार्ने लक्ष्यसहित प्रदेश सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । मिर्गौलाका बिरामीले समयमै उपचार सेवा पाउने व्यवस्था मिलाउन डायलाइसिस सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो ।

स्वास्थ्य सेवाको पहुँच सहरी तथा सदरमुकाम क्षेत्रमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रका नागरिकसम्म पुर्‍याउने प्रदेश सरकारको योजना रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । करारमा नियुक्त स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरी गाउँगाउँका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने प्रयास भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेशको सीमित बजेट र न्यून आन्तरिक आम्दानीका कारण अपेक्षाअनुसार विकास निर्माण तथा स्वास्थ्य क्षेत्रको स्तरोन्नति गर्न कठिनाइ भइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । प्रदेशको विकासका लागि ठूलो बजेट आवश्यक पर्ने भए पनि कर तथा अन्य स्रोतबाट अपेक्षित आम्दानी सङ्कलन हुन नसक्दा विकासका काममा चुनौती देखिएको उहाँले बताउनुभयो । उहाँले गण्डकी प्रदेशका लमजुङ, दमौली र स्याङ्जाका अस्पतालमा भवन निर्माण तथा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यी तीन वटै अस्पतालको भवन निर्माणका लागि करिब रु दुई अर्ब रकम आवश्यक पर्ने भए पनि प्रदेश सरकारले एकै पटक उक्त बजेट विनियोजन गर्न नसक्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । लमजुङ अस्पतालको भवन निर्माणका लागि गत वर्ष रु ६९ करोडको योजना अघि सारिएको भन्दै विभिन्न कारणले बजेट विनियोजन हुन नसकेको उहाँले जानकारी दिनुभयो । चालु अवस्थामा कूल योजनाको २० प्रतिशत रकम विनियोजन गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले स्थानीय तहमा अस्पताल निर्माण तथा सञ्चालन गरेर नागरिकलाई थप स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

  • मन्त्रिपरिषद्
  • लमजुङ
  • स्याङ्जा
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    सार्वजनिक बिदामा पनि भक्तपुरका अस्पतालमा सेवा सञ्चालन

  • माङसेबुङमा नि:शुल्क आँखा शिविर

    माङसेबुङमा नि:शुल्क आँखा शिविर

  • घाइतेलाई दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइयो

    घाइतेलाई दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइयो

  • Post Thumbnail

    छठघाट कुरेर बसेका ६० वर्षीय यादव मृत

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

    पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

    पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन

    नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

    नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

    Post Thumbnail

    पासो थापेर वन्यजन्तुको चोरीसिकार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution