
नवलपुर (नवलपरासी), ३० कात्तिकः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुबाहक बस आज बिहान जिल्लाको कावासोती–११ लोकाहामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार चालकले नियन्त्रण गुमाउँदा आज बिहान करिब ६ः४० बजेको समयमा बस दुर्घटनामा परेको हो । दुर्घटनाका घाइतेहरुका मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको पण्डितले जानकारी दिनुभयो । बस दुर्घटनास्थलमा नै रहेको भन्दै उहाँले घाइतेहरुको विवरण आउन बाँकी रहेको बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |