Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महोत्तरी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै ‘सझुका अरख’ सम्पन्न

लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आज साँझ सम्पन्न गरिएको छ । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि सम्पन्न भएको हो ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २९, आईतबार (१ दिन अघि)
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै ‘सझुका अरख’ सम्पन्न

महोत्तरी, २९ कात्तिक: लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आज साँझ सम्पन्न गरिएको छ । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि सम्पन्न भएको हो ।

नदी, तलाउ र कुण्डसहितका जलाशयमा निर्मित मनोरम घाटमा व्रतालुले आज साँझ अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिएका हुन् । सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ ५:१० बजेको समयमा सूर्यास्त भएको छ । सूर्यास्तको बेला पारेर सूर्यदेव र छठीदेवीको महिमा गान गरिएका मङ्गलगानका बीच पहिलो अर्घ्यको विधि सम्पन्न भएको हो ।

मिथिलामा चाडपर्वबारे निर्णय लिइने मिथिला र विद्यापति पञ्चाङ्गअनुसार अर्घ्यकाे समय निर्धारण गरिन्छ । आजको ‘सझिया अरख’ को समय यसैअनुसार निर्धारण भएको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास-२ का बासिन्दा पण्डित दिनेशकुमार झाले बताउनुभयो ।

कार्तिक शुक्ल षष्ठी तिथिमा भगवान सूर्य र देवी षष्ठीको उपासना गरिने यो पर्वमा व्रतालुले पहिलो अर्घ्य अस्ताचलगामी (अस्ताउँदो) सूर्यलाई दिने परम्परा छ । अर्घ्य दिन एक घडीपूर्वदेखि जलाशयमा कम्मरसम्मको पानीमा उभिएर प्रार्थना गर्दै व्रतालुले सूर्यास्त कुरेका थिए । जटासहितको नरिवल, अविर र अरबा चामलको पिठो हातमा लिएर सूर्यदर्शन गर्दै अर्घ्य दिइन्छ । व्रतालुले यससँगै क्रमश: छठका लागि बनाएका ठकुवा, भुसुवासहित मिष्टान्नका डाली, केरा र अन्य फलफूल सूर्यलाई देखाउँछन् ।

कार्तिक शुक्ल चौथीका दिन सुरु भएको छठ उत्सवमा यसअघि व्रतालुले पहिलो दिन चौथी तिथिमा ‘नहाय-खाय’ र दोस्रो दिन पञ्चमी तिथिमा ‘खरना’ सम्पन्न गरिसकेका छन् । खरनाका दिन मध्यरातपूर्व सख्खर, दूध र अरबा चामलको खिर खाएर व्रत प्रारम्भ गरेका व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका हुन् । मिथिलामा यस दिनलाई ‘सझियाघाट’ पनि भनिन्छ ।

अब व्रतालुले भोलि सप्तमी तिथिका बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व सम्पन्न गर्नेछन् । मिथिलामा भोलि सोमबार बिहान ६:२६ बजे सूर्योदय हुने पञ्चाङ्गमा उल्लेख छ । सूर्योदयको यो समयमा पनि व्रतालु एक घडी (साढे दुई घण्टा) पहिले पानीमा पसेर सूर्यलाई चाँडै देखिन प्रार्थना गर्छन् । बिहानको अर्घ्यसँगै महापर्व छठ सम्पन्न हुन्छ ।

बिहानको अर्घ्य दिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने चलन रहेको पण्डित झाले जानकारी दिनुभयो । उहाँका अनुसार पर्व सम्पन्न भएसँगै व्रतालु घर फर्केर आशामुखी, दीनदुखीलाई दान दिएर प्रसाद ग्रहण गर्छन् । त्यसपछि प्रसाद खाने खुवाउने क्रम सुरु हुन्छ । मिथिलामा छठ प्रसाद महिना दिनभरिसम्म छोरीचेली, मित र अन्य इष्टमित्र कहाँ पुर्‍याउने चलन छ । सूर्यदेव र षष्ठीदेवी मिथिलामा इच्छित कामना पूरा गर्ने इष्टदेव/देवी मानिन्छन् ।

  • महोत्तरी
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

  • ढोरपाटनको सहायक गन्तव्य जलजला

    ढोरपाटनको सहायक गन्तव्य जलजला

  • आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

    आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

  • Post Thumbnail

    उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

    मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

    मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

    Post Thumbnail

    सामूहिक फूलखेतीले दिलाएको सफलता…

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution