Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खोटाङ

हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २९, आईतबार (२७ मिनेट अघि)
हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

खोटाङ, २९ कात्तिकः हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । जिल्लाको दोस्रो ठूलो (एघार वडा रहेको) यो नगरपालिकाले जिल्लाका स्थानीय तहले सञ्चालन गर्दै आएको फुटबल प्रतियोगितामध्ये सर्वाधिक राशिको अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता गर्ने भएको हो ।

देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउनेगरी अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताले स्थानीय तथा ग्रामीणस्तरमा रहेका प्रतिभावान् फुटबल खेलाडीको पहिचान गरी उनीहरूलाई व्यावसायिक रूपमा अगाडि बढ्ने हौसला मिल्ने विश्वास लिएका छौँ । यसले पालिकाहरूबीच समन्वय र भाइचारा कायम गर्दै खेलकुदको माध्यमबाट मित्रता, सद्भाव र आपसी सहयोगको भावनासमेत अभिवृद्धि गर्छ”, उहाँले भन्नुभयो, “प्रतियोगितामा देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउनेछन् । नगरपालिकाको आफ्नै खेलमैदानमा आयोजना गर्न लागिएको फुटबल प्रतियोगिताले जिल्ला, प्रदेश र राष्ट्रियस्तरका खेलहरूमा प्रतिनिधित्व गर्न सक्ने दक्ष खेलाडी तयार पार्ने अपेक्षा गरेका छौँ ।”

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई रु दुई लाख २२ हजार २२२ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । उपविजेता टोलीले रु एक लाख ११ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा सेमिफाइनलिष्ट दुई टोलीले जनही रु ५५ हजार ५५५ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १०–१० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । आगामी मङ्सिर १४ देखि १९ गतेसम्म आयोजना गर्न लागिएको अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका सबै खेल वडा नं ७ महादेवस्थानस्थित फुटबल खेलमैदान सञ्चालन हुने छ ।

त्रिधार्मिकस्थल हलेसीस्थित महादेवस्थानमा सञ्चालन हुने ‘प्रथम पालिका कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका लागि यही कातिक १७ गते बसेको १५०औँ नगर कार्यपालिकाको बैठकले औपचारिक निर्णय गरेको थियो । नगर कार्यपालिकाले गरेको निर्णयको आधारमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले सूचना जारी गरेर अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको बारेमा जानकारी दिनुभएको हो ।

अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका खेलहरू अन्तरराष्ट्रिय नियम (फिफाले निर्धारण गरेको नियम)अनुसार खेलाइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । प्रत्येक नगर÷गाउँपालिकाबाट एक टोलीमात्र सहभागी हुन पाउने, सहभागिताका लागि नगर÷गाउँपालिकाको पत्र र खेलाडीको परिचय खुल्ने नागरिकता÷जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्ने, तीन जना खेलाडी अन्तर नगर÷गाउँपालिकाको राख्न पाइने र खेल नकआउट प्रणालीमा खेलाइने बताइएको छ ।

  • खोटाङ
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

  • महिला अन्तरराष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

    महिला अन्तरराष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

  • गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु

    गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    Post Thumbnail

    एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

    Post Thumbnail

    छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution