Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नवलपुर

बङ्गुरपालनबाट मनग्य आम्दानी

वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बसेर फर्किएपछि नवलपुरको मध्यविन्दु–३ ब्रम्हस्थानका नन्दे गुरुङ बङ्गुरपालनमा जुट्नुभएको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २९, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

नवलपुर (नवलपरासी), २९ कात्तिकः वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बसेर फर्किएपछि नवलपुरको मध्यविन्दु–३ ब्रम्हस्थानका नन्दे गुरुङ बङ्गुरपालनमा जुट्नुभएको छ । अरुको देशमा श्रम पसिना बगाउनुभन्दा आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने सोचले नेपाल फर्किएर बङ्गुरपालनमा जुटेको ५९ वर्षीय गुरुङ बताउनुहुन्छ ।

“आठ वर्ष अगाडि फेरि नजाने गरी साउदीबाट घरमा आएँ”, गुरुङले भन्नुभयो, “घर फर्किएपछि विभिन्न काम गर्दै अहिले बङ्गुरपालनमा जुटेको छु ।” अन्य पेसा र व्यवसायभन्दा बङ्गुर पाल्न सहज र राम्रो आम्दानी हुने भएपछि बङ्गुरपालनलाई अगाडि बढाएको गुरुङले बताउनुभयो । “नेपाल फर्किएपछि उत्तम पशुपन्छी तथा कृषि फार्म दर्ता गरेर सुरुमा कुखुरा पाल्न सुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “कुखुरापालनमा बढी मिहिनेत गर्दा पनि मिहिनेतअनुसार आम्दानी हुनसकेको थिएन, त्यसपछि बङ्गुरपालन सुरु गरेँ ।”

बङ्गुरपालनबाट सन्तुष्ट भएको सुनाउँदै गुरुङले बङ्गुरसँगै करिब छ बिघा जमिनमा आलु तथा अन्य तरकारीखेती गरेको बताउनुभयो । “सुरुमा एउटा माउ बङ्गुर पालेर अनुभव लिएको थिएँ । थोरै मिहिनेतमा राम्रो आम्दानी हुन थालेपछि बङ्गुरको सङ्ख्यालाई बढाएको छु”, उहाँले भन्नुभयो, “अहिले मसँग बङ्गुरका दुईवटा बयस्क भाले, १२ वटा माउ तथा १५ वटा पाठापाठी रहेका छन् ।” बङ्गुरको भालेबाट र पाठापाठी बिक्रीबाट राम्रो आम्दानी हुने गुरुङले बताउनुभयो ।

“अन्य किसानले बङ्गुरको माउ पालेको ठाउँबाट भाले लिन मकहाँ आउँछन्”, गुरुङले भन्नुभयो, “एक जनाले एउटा भाले लगेबापत बेलुका रु छ हजारसहित भालेलाई फिर्ता लिएर आउँछन् ।” किसानहरूले बङ्गुरको गर्भाधान प्रक्रियाका लागि भालेलाई लिएर जाने गरेका गुरुङको भनाइ छ । भालेलाई हिँडाएर लैजान नसकिने भएकाले गाडीमा लैजाँदाको भाडा लिएर जाने किसानले व्यहोर्ने भन्दै गुरुङले घरमा लिएर आउँदा आफूले तिर्ने गरेको बताउनुभयो ।

“बङ्गुरको मासु बिक्रीबाट खासै आम्दानी नहुने भए पनि पाठापाठीको बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ”, उहाँले भन्नुभयो, “पहिलेपहिले बङ्गुर काटेर बिक्री गर्ने गरेको थिएँ, हिजोआज पाठापाठी नै बेच्दै आएको छु ।” बङ्गुरको एक महिनाको पाठापाठी रु छ हजारमा बिक्री हुने गरेको गुरुङले बताउनुभयो । बङ्गुरले साढे तीन महिनामा बच्चा पाउने गरेको गुरुङले बताउनुभयो ।

“एकपटक गर्भाधान गर्दा बङ्गुरले कम्तीमा नौवटा पाठापाठी पाउने गरेको छ”, उहाँले भन्नुभयो, “मैले पालेको बङ्गुरले एकपटकमा २० वटासम्म पाठापाठी पाएको छ ।” थोरै पाठापाठी पाउँदा माउको दूध पर्याप्त पुग्ने र पाठापाठी फस्टाउने गरेको भन्दै गुरुङले धेरै पाठापाठी पाएको अवस्थामा बच्चा हुर्काउन कठिन हुने गरेको बताउनुभयो । “धेरै पाठापाठी पाएको बेलामा बच्चा साना भएर बिक्री गर्नै कठिन भएको थियो”, उहाँले भन्नुभयो, “बल्लबल्ल बिक्री गरेर सकेँ । थोरै पाठापाठी हुँदा सप्रने भएकाले सहज रूपमा बिक्री हुने गरेको छ ।”

थोरै मिहिनेतबाट राम्रो आम्दानी हुने भएपछि बङ्गुरपालनबाट आफू सन्तुष्ट रहेको गुरुङको भनाइ छ । अन्य पशुपन्छी पाल्नुभन्दा बङ्गुर पाल्न धेरै सहज भएको भन्दै गुरुङले भन्नुभयो, “बिहान बेलुका बङ्गुरलाई दाना हालिदिने हो, दिनमा एकपटक खोरमा सरर पानी हालेर सफा गरिदिन्छु, अनि दिनभरि बारीमा अन्य काम गर्दै आएको छु ।” गाईभैँसी पाल्नभन्दा बङ्गुर पाल्न सजिलो, कम खर्चिलो र आम्दानी बढी हुने गुरुङको अनुभव छ ।

  • नवलपरासी
  • नवलपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

  • Post Thumbnail

    फुटबल एकेडेमी चलाउन सहाराको देउसीभैलो, साढे ११ लाख जुट्यो

  • Post Thumbnail

    छठको तयारीः गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती सफाइ

  • चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

    चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    Post Thumbnail

    एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

    Post Thumbnail

    छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution