Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महेन्द्रनगर

दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेकुलद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट कुस्तीतर्फ १८ खेलाडी छनोट भएका छन् ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २९, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

महेन्द्रनगर, २९ कात्तिकः कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेकुलद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट कुस्तीतर्फ १८ खेलाडी छनोट भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा शनिबार भएको कुस्ती खेलको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १० पुरुष र १० महिला खेलाडी छनोट भएका कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशबाट दशौँ राष्ट्रिय प्रतियोगिताका लागि पुरुष ५७ किलो तौल समूहमा कञ्चनपुरका रोहित सार्की, ६१ किलो तौलमा सुनिल चौधरी, ६५ किलो तौल समूहमा कैलाश शर्मा र ७० किलो तौलमा लक्ष्मण नगारी छनोट भएका छन् ।

त्यसैगरी, ७४ किलो तौल समूहमा कञ्चनपुरकै ललित सार्की, ७९ किलो तौलमा दार्चुलाका पवन धामी, ८६ किलो तौल समूहमा कैलालीका सन्दिप सार्की र ९२ किलोमा कञ्चनपुरका महेश जोशी, ९७ मा हरिश चन्द र १२५ किलो तौल समूहमा कञ्चनपुरकै विनोद रैकाल छनोट भएको कुस्ती प्रशिक्षक चन्दले जानकारी दिनुभयो ।

त्यसैगरी, महिलातर्फ पनि कञ्चनपुरका अधिकांश खेलाडी प्रदेशबाट छनोटमा परेका छन् । यहाँ महिला ५० किलो तौल समूहमा कञ्चनपुरकी बिनिता चौधरी, ५३ किलो तौल समूहमा दार्चुलाकी सङ्गीता पाल छनोट भएका छन् भने ५५ किलो तौल समूहमा कञ्चनपुरकी कृतिका चन्द, ५७ किलो तौल समूहमा कञ्चनपुरकै कलावती अवस्थी, ५९ किलो तौलमा कञ्चनपुरकी निर्मला जाग्री, ६२ किलो तौल समूहमा कञ्चनपुरकै विमला सुनार, ७२ किलो तौल समूहमा कञ्चनपुरकी अञ्जली डगौंरा र ७६ किलो तौल समूहमा कञ्चनपुरकै माया भट्ट छनोट भएका छन् ।

शनिबारदेखि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धनगढी र महेन्द्रनगरमा एकसाथ प्रदेशस्तरीय छनोट सुरु भएको छ भने पुरुष तथा महिला भलिबल छनोट डडेल्धुरामा हुँदैछ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य लीला सिंह बोहराले शनिबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा आठ खेलको प्रदेश छनोट भइरहेको जानकारी दिनुभयो । आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताबाट छनोट भएका ७५० खेलाडीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्नेछन् ।

  • कञ्चनपुर
  • कैलाली
  • दार्चुला
  • महेन्द्रनगर
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

  • Post Thumbnail

    एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

  • महिला अन्तरराष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

    महिला अन्तरराष्ट्रिय गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

  • गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु

    गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

    Post Thumbnail

    एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

    Post Thumbnail

    छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution