Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
अन्ताल्या

पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहल

नेपालले पर्वतीय क्षेत्रका जलवायु मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को अन्तिम निर्णयमा समेट्न कूटनीतिक पहल तीव्र बनाएको छ ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार (२५ मिनेट अघि)
पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहल

अन्ताल्या (टर्किए), २८ कात्तिकः नेपालले पर्वतीय क्षेत्रका जलवायु मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को अन्तिम निर्णयमा समेट्न कूटनीतिक पहल तीव्र बनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पर्वतीय एजेन्डालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा स्थापित गर्न सम्मेलन अध्यक्ष राष्ट्र तथा प्रमुख वार्ता समूहसँग छलफल अघि बढाउनुभएको छ ।

नेपाल र भुटानले संयुक्त रूपमा प्रस्तुत गरेको प्रस्ताव तथा किर्गिजस्तानको प्रस्तावलाई एकीकृत गरी ‘पर्वत तथा जलवायु परिवर्तन’ विषयमा छलफल अघि बढाउने सहमति भइसकेको मन्त्री चौधरीले बताउनुभयो । यसअन्तर्गत जलवायु परिवर्तनसम्बन्धी सहायक निकायका आगामी अधिवेशनमा पर्वतीय मुद्दाबारे संवाद शृङ्खला सञ्चालन गरिनेछ ।

नेपालले उक्त संवादबाट प्राप्त नतिजालाई आगामी कोप सम्मेलनमा पेस गर्ने व्यवस्था कभर डिसिजनमै समेट्न माग गरेको छ । साथै पर्वतीय क्षेत्रका लागि छुट्टै कार्यढाँचा, पर्वतविशेष सूचक तथा जलवायु अनुकूलन र वित्तमा पर्वतीय मुलुकको सहज पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

नेपालले हिमनदी पग्लिने, नदी प्रणाली प्रभावित हुने र समुद्री सतह बढ्ने विषयबीचको अन्तरसम्बन्धलाई ‘सगरमाथादेखि समुद्रसम्म’ अवधारणाका आधारमा अन्तर्राष्ट्रिय जलवायु बहसमा स्थापित गर्नसमेत जोड दिएको छ ।

मन्त्री चौधरीले पर्वतीय एजेन्डाको संस्थागत मान्यता सुनिश्चित गर्नुका साथै हानि तथा नोक्सानी कोषमा रकम वृद्धि र प्रभावित मुलुकको सहज पहुँचका लागि नेपालले पैरवी गरिरहेको बताउनुभयो ।

कोप–३१ को अन्तिम निर्णय सबै पक्ष राष्ट्रको सहमतिमा पारित हुने भएकाले नेपालको प्रस्ताव समेट्न अध्यक्ष राष्ट्र र प्रमुख वार्ता समूहसँगको समन्वयलाई प्राथमिकता दिइएको छ ।

  • अन्ताल्या
  • पर्वत
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    हिमालमा करोडौँको संरचना बन्नु सङ्घीयताको उपलब्धि होः मुख्यमन्त्री शाही

  • Post Thumbnail

    पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट

  • ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’

    ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’

  • Post Thumbnail

    सम्पदा चोरी नियन्त्रण र हराएका वस्तु फिर्ता ल्याउन कामपाको पहल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु

    गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु

    पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहल

    पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहल

    एनपिएलः विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

    एनपिएलः विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

    Post Thumbnail

    हिमालमा करोडौँको संरचना बन्नु सङ्घीयताको उपलब्धि होः मुख्यमन्त्री शाही

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution