Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुदूरपश्चिम

पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीयस्थललाई एकीकृत पर्यटन सर्किटमा जोडेर विकास तथा प्रवर्द्धन गरिने बताउनुभएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

सुदूरपश्चिम, २८ कात्तिकः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीयस्थललाई एकीकृत पर्यटन सर्किटमा जोडेर विकास तथा प्रवर्द्धन गरिने बताउनुभएको छ ।

बडीकेदार क्षेत्र पर्यटन विकास समिति, डोटीले बडीकेदार धार्मिक पर्यटन जात (मेला)बारे जानकारी दिन आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदारलाई पनि सोही सर्किटमा जोडेर विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताउनुभयो ।

मुख्यमन्त्री भट्टले बडीकेदारको धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्वलाई उजागर गर्दै आवश्यक पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्द्धनमा प्रदेश सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो । धार्मिक तथा प्राकृतिक पर्यटनको पर्याप्त सम्भावना बोकेको बडीकेदारमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नसके स्थानीयस्तरमा आयआर्जन र रोजगारीका अवसरसमेत सिर्जना हुने उहाँको भनाइ थियो ।

“सुदूरपश्चिममा धार्मिक पर्यटनलाई स्थानीय आयआर्जन, रोजगारी र आर्थिक समृद्धिसँग जोडेर लाभ लिनुपर्ने आवश्यकता छ । त्यसका लागि स्थानीय जनता, जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवाला सबैको सहकार्य आवश्यक छ”, मुख्यमन्त्री भट्टले भन्नुभयो ।

आगामी मङ्सिर ५, ६ र ७ गते बडीकेदार मेला हुँदैछ । मेलाका अवसरमा नारीडाँडा, फुडसिल, बोगटानका क्षेत्र, घाँटुल, मान्नाकापडी, अलाडी तथा कैलालीको चुरे र मोहन्याल क्षेत्रका विभिन्न देवताका देउरो (भाँकी)सहित केदार गाथा गाउने धार्मिक परम्परा रहेको विकास समितिका अध्यक्ष उपेन्द्र बमले जानकारी दिनुभयो । यहाँ कार्तिक त्रियोदशीका दिन राति मेला लाग्ने र चतुर्दशीका दिन बिहान बडीकेदार शीलाको विशेष पूजा हुने गरेको उहाँले बताउनुभयो ।

बडीकेदार धाम सुदूरपश्चिमका प्रमुख शक्तिपीठमध्ये पर्दछ । यहाँ कुनै मन्दिर र त्यसभित्र मूर्ति नभई प्राकृति चट्टान रहेकाले विशेष महत्वका साथ हेर्ने गरिएको पर्यटन विकास समितिका कार्यकारी अधिकृत गणेशराज जोशीले बताउनुभयो ।

उक्त धाम पुग्न धनगढीबाट भीमदत्त राजमार्ग हुँदै सहजपुर–बिपीनगर–बडुखोली–अतरकाँडा भएर करिब ११६ किलोमिटर सडक यात्रा गर्नुपर्छ । अतरकाँडाबाट करिब दुई घण्टाको उकालो पैदल यात्रा गरेपछि धाम पुग्न सकिन्छ । पछिल्लो समय त्यहाँ पक्की सिँढी निर्माण गरिएकाले तीर्थयात्रीलाई आवतजावतमा सहज भएको आयोजकले जनाएको छ ।

  • कैलाली
  • डोटी
  • सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहल

    पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहल

  • Post Thumbnail

    हिमालमा करोडौँको संरचना बन्नु सङ्घीयताको उपलब्धि होः मुख्यमन्त्री शाही

  • ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’

    ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’

  • Post Thumbnail

    सम्पदा चोरी नियन्त्रण र हराएका वस्तु फिर्ता ल्याउन कामपाको पहल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहल

    पर्वतीय एजेन्डालाई कोप–३१ को अन्तिम निर्णयमा समेट्न नेपालको पहल

    एनपिएलः विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

    एनपिएलः विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

    Post Thumbnail

    हिमालमा करोडौँको संरचना बन्नु सङ्घीयताको उपलब्धि होः मुख्यमन्त्री शाही

    Post Thumbnail

    पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution