Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भक्तपुर

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबर क्षति

मध्यपुरथिमि-९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको साताैँ तलामा आज बिहान आगलागी हुँदा करिब रु ८० लाख बराबरको क्षति भएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार (१ दिन अघि)
राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबर क्षति

भक्तपुर, २८ कात्तिक: मध्यपुरथिमि-९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको साताैँ तलामा आज बिहान आगलागी हुँदा करिब रु ८० लाख बराबरको क्षति भएको छ ।

आज बिहान करिब ८:०० बजे प्रजापति कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले आफ्नो पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई जानकारी गराउनुभएको थियो । आगलागीबाट साताैँ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एण्ड वेलनेश प्रालि’ मा विद्युत् सर्ट भई आगलागी भएको स्पाका सञ्चालक नरेश रन्जितले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बिहान अचानक विद्युत् सर्ट भएर स्पामा आगालागी भएको हो । यसबाट स्पाको मात्रै करिब रु ६० लाख बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ, पाँच वर्षदेखि सञ्चालनमा आएको स्पाले आगलागीबाट ठूलो क्षति व्यहोर्नुपरेको छ ।”

आगलागीबाट करिब रु २० लाख बराबरको क्षति भएको कम्प्लेक्सका सञ्चालक प्रजापतिले जानकारी दिनुभयो । कम्प्लेक्स र स्पामा गरी करिब रु ८० लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागी भएको करिब डेढ घण्टामा जुद्ध बारुण यन्त्र भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस ब्यासीबाट आएको टोली र प्रहरी वृत्त थिमिबाट आएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । नेपाली सेना रणशेर गण सूर्यविनायकको टोलीले पनि आगलागी नियन्त्रणमा सहयोग गरेको थियो ।

आगालागी बिहान भएकाले घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भने भएको उहाँले बताउनुभयो ।

जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले अग्लो भवनमा हुने आगलानी नियन्त्रणमा लागि नेपालमा पनि ड्रोन प्रविधि भित्र्याउन माग गरिरहेको बताउँदै सरकारले अग्लो भवनमा हुने आगलागी नियन्त्रणका लागि नयाँ प्रविधि भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।

  • नेपाली सेना
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • कार्तिक शुक्ल सप्तमीः उदाउँदो सूर्यलाई अघ्र्य दिई चारदिने छठ समापन

    कार्तिक शुक्ल सप्तमीः उदाउँदो सूर्यलाई अघ्र्य दिई चारदिने छठ समापन

  • बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

    बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान

  • किसानको बाली जोगाउन प्रहरी खेतमा

    किसानको बाली जोगाउन प्रहरी खेतमा

  • Post Thumbnail

    विपन्नको उपचार गर्न महायज्ञ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कोप–३१ मा शून्य फोहोर सम्बन्धी सम्वाद

    ‘सबैका लागि पूर्वसूचना’लाई  विपद् पूर्वतयारीसँग जोड्न महासचिव चापागाईंको आह्वान

    ‘सबैका लागि पूर्वसूचना’लाई विपद् पूर्वतयारीसँग जोड्न महासचिव चापागाईंको आह्वान

    आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

    आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

    रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

    रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution