Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ख्वप

नयाँं पुस्तालाई अग्रजहरुको सङ्घर्षबारे जानकारी दिनुपर्छः अध्यक्ष बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नयाँ पुस्तालाई इतिहास, अग्रजहरूले गरेका सङ्घर्ष र योगदानबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २७, शुक्रबार (१ दिन अघि)
Post Thumbnail

ख्वप (भक्तपुर), २७ कात्तिकः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नयाँ पुस्तालाई इतिहास, अग्रजहरूले गरेका सङ्घर्ष र योगदानबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नेपाल कर्मचारी समाज इञ्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय समसामयिक राजनीतिक विषयमा आज यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुरको विकासलाई बुझ्न भक्तपुरको विगतबारे जानकारी लिन आवश्यक रहेको बताउनुभयो । भक्तपुरमा किसानको बाहुल्यता रहेकाले यहाँको विकास प्रक्रिया केही ढिलो भए पनि उल्लेखनीय प्रगति भएको उहाँले बताउनुभयो ।

भक्तपुरका जनता राजनीतिक रूपमा सचेत रहेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले अहिलेको पुस्ताले विगतका सङ्घर्ष प्रत्यक्ष रूपमा नदेखेकाले समाज रूपान्तरणका लागि अग्रज पुस्ताले गरेका विभिन्न आन्दोलन र सङ्घर्षका गतिविधिबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । विगतका सङ्घर्ष, अनुभव र योगदानलाई स्मरण गर्दै त्यसबाट नयाँ पुस्ताले सिक्नुपर्ने उहाँको भनाइ थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप सर्कलअन्तर्गतका कलेज स्थापना गर्न यहाँका अग्रजले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहेको बताउनुभयो । ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले इञ्जिनियरिङ शिक्षाको क्षेत्रमा ख्वप इञ्जिनियरिङ कलेजलाई उत्कृष्ट कलेज बनाउने दिशामा अघि बढिरहेको बताउनुभयो ।

  • ख्वप
  • भक्तपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बङ्गुरपालनबाट मनग्य आम्दानी

  • Post Thumbnail

    फुटबल एकेडेमी चलाउन सहाराको देउसीभैलो, साढे ११ लाख जुट्यो

  • Post Thumbnail

    छठको तयारीः गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती सफाइ

  • चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

    चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर

    Post Thumbnail

    छठी गीतको गुञ्जनमा भक्तिमय मिथिला

    Post Thumbnail

    बङ्गुरपालनबाट मनग्य आम्दानी

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution