Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एनपिएलः पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको जित निकालेको छ । आज सम्पन्न खेलमा पोखराले दिएको १३३ रनको सामान्य लक्ष्य विराटनगरले १९ दशमलव दुई ओभरमा छ विकेटको क्षतिमा भेट्टायो ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २६ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको जित निकालेको छ । आज सम्पन्न खेलमा पोखराले दिएको १३३ रनको सामान्य लक्ष्य विराटनगरले १९ दशमलव दुई ओभरमा छ विकेटको क्षतिमा भेट्टायो ।

खेलमा बसिर अहमदले ३७, लोकेश बमले ३३ र इमरान शेखले १० रनको योगदान दिए । अविजित रहेका इसुरु उडानाले २५ र शेहान जयसूर्याले १७ रन बनाए ।

पोखराका लागि बलिङतर्फ कुशल भुर्तेल र रमेश मेन्डिसले दुई–दुई तथा विपिन खत्री र धनन्जय लक्षणले एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७ दशमलव पाँच ओभरमा १३२ रनमा अलआउट भयो ।

ओपनिङ ब्याटर युवराज सम्राले उत्कृष्ट पारी खेले । उनले ४७ बलमा सात चौका र पाँच छक्कासहित ८४ रनको पारी खेलेका हुन् ।

यस्तै, धनन्जय लक्षणले २२ र सनि बिकेले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विराटनगर किङ्सका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे ।

उनले चार ओभरमा २७ रन दिएर सर्वाधिक छ विकेट लिए । त्यसमा सन्दीपको ह्याट्रिक समावेश छ । यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए । यो जितपछि विराटनगरको प्लेअफ सम्भावना जीवितै रहेको छ । उसले छ खेल खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

आजको हारपछि पोखरा प्लेअफ दौडबाट बाहिरिएको छ । उसले छ खेलमध्ये पाँचमा पराजय र एक खेलमा मात्र जित निकालेको छ ।

आजै हुने अर्को खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुने तालिका छ । खेल साँझ ५ः०० बजेदेखि सुरु हुनेछ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित छ विकेट

  • Post Thumbnail

    एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित

  • Post Thumbnail

    एसियन बडीबिल्डिङमा नेपालको सहभागिता

  • Post Thumbnail

    एनपिएल : आज दुई खेल हुँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

    Post Thumbnail

    युरोपको रोजगारी मोह त्यागेर मखनाखेतीमा रमाउँदै कृष्ण

    Post Thumbnail

    पुल बनेपछि यात्रा अवधि छोटियो

    Post Thumbnail

    लागुऔषधसहित पाँच पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution