
काठमाडौँ, २६ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदै छन् । आज मध्याह्न १२ः३० मा सुरु हुने खेलमा पोखरा एभेन्जर्सर विराटनगर किङ्स तथा अपराह्न ५ः०० बजेदेखि सुरु हुने खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने छन् ।
यी दुईवटै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने तालिका छ । आजको पहिलो खेल ‘प्लेअफ’ सम्भावना जीवित राख्न पोखरा र विराटनगर दुवै टोलीका लागि महत्वपूर्ण छ ।
छैटौँ स्थानमा रहेको विराटनगरले पाँच खेल खेल्दा दुईमा जित र तीन खेलमा हारको सामना गरेको छ । तालिकाको आठौँ स्थानमा रहेको पोखराले भने पाँच खेलमा चारमा हार र एक खेलमा मात्र जित दर्ता गरेको छ ।
दोस्रो खेलमा प्लेअफ सम्भावना कायमै राख्न कर्णाली याक्स जित्नैपर्ने दबाबमा रहेको छ । तालिकाको सातौँ स्थानमा रहेको उसले पाँच खेलमा तीनमा पराजय र दुई खेलमा मात्र जित हात पारेको छ ।
लुम्बिनीको प्लेअफ सम्भावना भने बलियो छ । अहिले तालिकाको तेस्रो स्थानमा रहेको उसले पाँच खेल खेल्दा तीनमा जित, एक खेलमा हार तथा एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।
एनपिएलको जारी संस्करणमा पनि आठवटा टोलीको सहभागिता रहेको छ । प्रतियोगित मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |