Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ फुटबल संघको अध्यक्षमा पुनःदीपक खतिवडा निर्वाचित

५४६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ४, आईतबार (३ साल अघि)
धादिङ फुटबल संघको अध्यक्षमा पुनःदीपक खतिवडा निर्वाचित

काठमाडौं,४ वैशाख ।
जिल्ला फुटबल संघ धादिङको अध्यक्षमा दीपक खतिवडा पुनः निर्वाचित हुनुभएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत जिल्ला फुटबल संघ धादिङको आइतबार धादिङमा भएको निर्वाचनमा अध्यक्ष पदका लागि खतिवडासँगै दिवससागर श्रेष्ठ र दिनेश रुपाखेतीले पनि उम्मेदवारी दिएका थिए । खतिवडा आठ भोटसहित निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी श्रेष्ठले तीन मत पाउँदा रुपाखेतीको पक्षमा एक भोट पनि खसेन ।

यस्तै, उपाध्यक्ष पदमा राजन भण्डारीले सात मत, मनराज गोदारले आठ मत र सुरेश तामाङले १० मत पाउँदै निर्वाचित भएका छन् । उनीहरूको प्रतिस्पर्धी जनक भुजेल तीन र सुन्दर थापा चार मत ल्याएर पराजित भए । कार्यसमितिको महासचिवमा रामहरि थापा र कोषाध्यक्षमा राजेन्द्र सुवेदी छन् ।

बाँकी सदस्य सबै सर्वसम्मत निर्वाचित भए । सदस्यहरुमा दिनेश आचार्य, गोविन्द श्रेष्ठ, प्रकाशकुमार खरेल, पूर्णबहादुर गुरुङ, उत्तमप्रसाद सुवेदी, रमेश अधिकारी, गणेशमान श्रेष्ठ र ध्रुव थापा निर्वारोध चयन भए ।

खतिवडाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति गठन भएको छ। यसअघि काभ्रे, भोजपुर, पर्सा, लमजुङ, नवलपुर, बाग्लुङ, बाँके, कैलाली, रुपन्देही, कञ्चनपुरलगायतका जिल्लाको पनि नयाँ कार्यसमिति चयन भइसकेको छ ।

बारा जिल्लामा शनिबार हुने निर्वाचन विवादका कारण स्थगित भएको थियो । एन्फाको केन्द्रीय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् ।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रीय निर्वाचन ६ असारमा हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

  • गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

  • नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

    नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

  • अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

    अतिक्रमण र प्रदुषणले सङ्कटमा सिमसार

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    Post Thumbnail

    सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

    नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution